खेल
काठमाडौं । न्युजिल्यान्डका अल राउन्डर क्रिकेटर जेम्स फुलरले चितवनबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै जेम्सलाई क्लबमा अनुबन्ध गरेको बताएको हो । ३० वर्षीय जेम्सलाई चितवनले यो सस्करणका लागि अनुबन्ध गरेको हो ।
“चितवन टाइग्रेसबाट ईपीएल खेल्न आउने कुरामा धेरै उत्साहित छु । मैदानमा आएर हामीलाई समर्थन गरिदिनुहोला,” जेम्सले भने ।
ईपीएल यही चैत १ गतेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६ १४:४६
प्रतिक्रिया दिनुहोस्