site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘रवीन्द्र स्मृति दिवस’को अवसरमा आयोजना गरेको देशभरका स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थी बीचको निबन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथमले स्थान हासिल गरेका छन् । परियार रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषयतर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । 

त्यस्तै द्वितीय स्थानमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह, दोस्रो वर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय स्थानमा सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुङ्गाका रामचन्द्र अधिकारी छानिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालभरबाट स्नातक तह र सोभन्दामाथि अध्ययनरत ५२ जना विद्यार्थीका निबन्धहरू समावेश गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः रु २५ हजार, २० हजार र  १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।   

विजयी प्रतियोगीलाई स्व.अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने संयोजक पाण्डेले जानकारी दिए । रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चीरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको गठन गरेका थिए । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  २२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro