site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा टिकटकको भविष्य सर्वोच्च अदालतको हातमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने कि चल्न दिने भनेर अमेरिकी अदालतमा बहस शुक्रबार बहस हुँदै छ ।

अमेरिकी सरकारले टिकटक गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने अन्यथा अमेरिकामा टिकटक बन्द गर्ने कानुन बनाएको छ । यही कानुनलाई चुनौती दिँदै टिकटक अमेरिकी सर्वोच्च अदालतमा पुगेको थियो ।

यही मुद्दामाथि अमेरिकी सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । आफ्नो पक्षमा फैसला नआए टिकटकले अमेरिकामा आफ्नो कम्पनी बन्द गर्ने बताएको छ ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई निवेदन लेख्दै टिकटकमाथि लगाउने भनिएको प्रतिबन्ध तत्कालका लागि रोक्का गर्न आग्रह गरेका छन् । ट्रम्पले टिकटकमाथि लाग्ने सम्भावित प्रतिबन्ध रोक्का गरेमा आफूले टिकटकसँग वार्ता गर्ने बताएका छन् । शुक्रबारको सुनुवाइमा सर्वोच्च अदालतले ट्रम्पको निवेदनलाई कति गम्भीरतापूर्वक लिनेछ भनेर हेर्न बाँकी छ ।

अमेरिकी सरकारले टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा संकलन गरेर चीन सरकारलाई दिने गरेको आरोप लगाउँदै आएको छ । यही कारण टिकटक अमेरीकी सुरक्षाका लागि खतरा भएको अमेरिकी सरकारको बुझाइ छ ।

अब अमेरिकामा टिकटक चल्ने कि प्रतिबन्धित हुने अदालतको हातमा छ । अदालत अमेरिकी सरकारकाले बनाएको कानुनअनुसार नै टिकटक गैरचिनियाँको हुनुपर्ने भनेमा अमेरिकामा टिकटक बन्द हुनेछ । ट्रम्पको निवेदनअनुसार अदालतले टिकटक र अमेरिकी सरकारलाई वार्ताका लागि केही समय पनि दिन सक्छ । अथवा जो बाइडेन प्रशासनले बनाएको कानुन नै गलत ठहर गरेर टिकटक प्रतिबन्धको बाटो रोक्का गर्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro