site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समयमा उपचार गरे रोकथाम गर्न सकिन्छ अल्जाइमर 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जेष्ठ नागरिकमा देखिने बिर्सने रोग (अल्जाइमर) को समयमा उपचार गरे रोकथाम गर्न सकिने जेष्ठ नागरिक रोग विशेषज्ञहरू बताउँछन् । पाटन अस्पतालका जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलले अल्जाइमरका बिरामीहरू समयमा उपचारका लागि नआउने गरेको बताए ।

“यस रोगका जेष्ठ नागरिकहरू कति छन्, त्यसको एकिन तथ्याङ्क छैन तर सन् २०१५ को तथ्याङ्क हेर्दा ७८ हजार नेपाली जेष्ठ नागरिकहरूमा (अल्जाइमर) बिर्सने रोगको समस्या रहेको अनुमान गरिएको छ,” उनले भने, “नेपालमा पहिलो डिमेन्सिया एन् अल्जाइमर क्लिनिक पहिलो पटक पाटन अस्पतालमा सुरु भएको छ, जसमा दैनिक ४ जनासम्म अल्जाइमरका बिरामी आउने गरेका छन् ।” त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा आउने गरेका बिरामीहरूलाई पाटन अस्पताल नै रिफर गर्ने गरेका उनले बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“जनचेतना र त्यससम्बन्धी विशेषज्ञ चिकित्सकहरू कम हुँदा पनि यस रोगका बिरामीले समयमा उपचार पाउँन सकेका छैनन्,” उनले भने, “अल्जाइमर तीन चरणका देखिन्छ ।”

सरकारले अल्जाइमर अर्थात् बिर्सने रोगका बिरामीलाई १ लाख रुपैयाँ सम्मको विपन्न नागरिक औषधी उपचार खर्च दिँदै आएको छ । नेपालमा सन्, २०३० मा एक लाख ३५ हजार अल्जाइमरका बिरामी पुग्ने अनुमान गरिएको छ ।

Royal Enfield Island Ad

अल्जाइमर रोगका  तीन चरण यस्ता छन्
पहिलो चरणमा
समाजमा घुलमिल हुन नचाहने ।
एउटै कुरा बारम्बार दोहोर्‍याइ रहने ।
एकोहोरी रहने ।
खाएको कुरा बिर्सने आदि ।

दोस्रो चरणमा
भर्खरै सिकेका वा जानेका कुराहरू बिर्सने ।
निन्द्रामा हिँड्ने ।
काहीँ हिँडेको छ भने घर फर्किने बाटो बिर्सने ।
समान्य कुरामा पनि अरूको सहायता खोज्ने ।
अनावश्यक शंका गर्नु ।
आफ्नै घर परिवारका मानिस नचिन्नु 

तेस्रो चरणमा
पहिलो र दोस्रो चरणमा देखिएका समस्याहरू झनै बढ्दै जाने ।
दैनिक आफूले गर्ने समान्य क्रियाकलाप पनि गर्न नसक्ने । 
दिसापिसाब नियन्त्रण नगर्ने । 
अरुले बोलेको नझुने वा बोल्न नसक्ने । 
मानसिक समस्या देखिने । 
खानेकुरा चपाउन तथा निल्न नसक्ने आदि ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro