site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चैत मसान्तमै बिजुली बाल्ने ‘अपर दोर्दी ए’ को तयारी 
Sarbottam CementSarbottam Cement

लमजुङ । दोर्दी गाउँपालिकामा निर्माणाधीन अपर दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणममा पुगेको छ । प्राकृतिक विपत्तिले अवरुद्ध भएको निर्माण कार्यले फेरि लय समात्न थालेपछि आयोजना लक्षित समयमै सम्पन्न हुने देखिएको हो ।

बाह्रखरीकर्मी स्थलगत अवलोकनमा पुग्दा बाढीले तहसनहस पारेको बाँधस्थल संरचनामा अवरोध पन्छाइसकेको देखिन्थ्यो । मजदुरहरु आ–आफ्ना काममा व्यस्त थिए । कोही वेल्डिङ गर्दै थिए, कोही बाढीले बङ्ग्याएको रड सोझ्याउँदै । कोही भने नयाँ पर्खाल र सतह बनाउन नयाँ रड कस्दै थिए त कोही भत्काउनुपर्ने संरचना भत्काउँदै थिए । कोही भत्काएका ठाउँमा अझै मजबुद संरचना बनाउँदै थिए ।

अरु कोही डिसान्डर (नदीको बालुवा छानेर पानीलाई बालुवाको कणरहित बनाउने संरचना)को तल्लो भागबाट बाँकी रहेको बालुवा निकाल्दै थिए । कोही मसला मुछ्दै देखिन्थे भने कोही मुछेको मसला संरचना निर्माणसम्म एकपांग्रे ठेलामार्फत् धकेल्दै ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको साउनमा खोलामा अचानक बाढी आउँदा आयोजनाको भौतिकसँगै ठूलो मानवीय क्षति पुगेको थियो । आयोजना सो बिन्दुबाट तंग्रिएको लगानीकर्ता बताउँछन् ।

Global Ime bank

खोलाको छेउमा बगाएका निर्माण सामग्री अझै पनि छरपस्टै देखिन्थ्यो । बाँध संरचनाको मुख्य पर्खालमा बाढीले बगाएका ढुंगाले पुर्‍याएको क्षति पनि कायमै थियो । 

यति काम भइरहँदा बुद्ध हिमालबाट आएको तीव्र गतिको दोर्दी खोला कार्यस्थलको केही मिटर टाढा डाइभर्ट गरिएको थियो ।

अपर दोर्दी ‘ए’ निर्माणस्थल अवलोकन गरिरहँदा सबैको मनमा एउटै प्रश्न उब्जियो, “जलविद्युत् आयोजना निर्माण गर्न कहाँ सजिलो छ र ?”

स्थलगत अवलोकनमा पुगेका सञ्चारकर्मीलाई देखाउँदै आयोजनाको प्रवर्द्धक कम्पनी लिबर्टी इनर्जीका निर्देशक राम पाण्डेले भने, “यो सबै ठाउँ बाढीले पुरेको थियो । हामीले सबै पन्छाएर काम अघि बढाएका छौं ।” 

उनका अनुसार बाँधस्थलबाट सुरु हुने सुरुङको मुख ट्रकले थुनिएको थियो, सुरुङको केही भित्रसम्म बाढीले बगाएको लेदो पसेको थियो ।

यो सबै पन्छाएर काम गर्न चुनौती थियो । त्यसअघि पनि भुकम्प र नाकाबन्दीले निर्माण कार्य अवरुद्ध बनाएको आयोजना लक्षित समयमा सम्पन्न गर्नुको विकल्प थिएन ।

पाण्डेले भने, “क्षतिपछि हामीलाई उचित व्यवस्थापनका साथ काम सुरु गर्ने विकल्प थिएन ।”

यही वर्षको कात्तिक मसान्तमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको व्यवसायिक विद्युत् उत्पादन गर्नुपर्ने मिति चैत मसान्त धकेलियो ।

बाढीले पुरेको ३ किलोमिटर तलसम्म सुरुङमा ल्याएर पानीलाई पाइपमार्फत् पावरहाउसमा पुर्‍याइएको छ । तीव्र गतिमा आएको पानीले १२.५ मेगावाट क्षमताको दुईवटा टर्वाइन घुमाउँछ र अधिकतम २५ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

पाण्डेका अनुसार आयोजनाको निर्माण प्रगति ९६ प्रतिशत छ । जसमध्ये सिभिलतर्फको काम करिब अन्तिममा छ ।

अपर दोर्दी ‘ए’ ‘रन अफ रिभर’ जलद्यिुत् आयोजना हो जसको बाँधस्थल सुपर दोर्दी जलविद्युत् आयोजनाको ५ सय मिटर तल छ । समुद्र सतहबाट १२२४ मिटरमा बाँधस्थलमा पानीको स्तर रहनेछ भने परियोजनाको पावरहाउसको टर्वान ८९९ मिटरमा अवस्थित छ ।

अपर दोर्दी ‘ए’मा ३२५ मिटर हेड डिफिरेन्स र ९.८ मिटर क्युसेक पानी बहाबले दुईवटा टवाइन घुमाउँदा २५ मेगावाट विद्युत उत्पादन हुन्छ ।

कम्पनीले निर्माण गरिरहेको स्वीचयार्डदेखि प्राधिकरणले निर्माण गरिरहेको सबस्टेसनको दुरी १ सय ३० मिटरमात्रै छ । यसकारण आयोजनालाई प्रशारण लाइन निर्माण गर्नुपर्ने बाध्यता छैन । नेपाल विद्युत प्राधिकरणले समयमै सबस्टेसन निर्माण गरे आयोजना राष्ट्रिय प्रसारणमा जोडिने पक्का छ ।

सबस्टेसन निर्माण सकिने लागे पनि प्राधिकरणले निर्माण गर्ने भनेको उदीपुर जोड्ने १७ किमि लम्बाइको प्रसारणलाइन निर्माण कार्य बल्ल सुरु भएको छ । 

प्राधिकरणको दायित्व रहेको सो कामका लागि हाल पोल रहने खाडल मात्र दनिएको छ । कम्पनीका निर्देशक पाण्डेका अनुसार प्राधिकरणले प्रशारण लाइन निर्माण समयमै सक्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

आयोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणले पहिलो वर्षका लागि सुख्खायामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षयाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा किन्नेछ । प्राधिरणले समयमै संरचना निर्माण गर्न नसकेको खण्डमा आयोजनाले उत्पादन गरेको विद्युत् खेर जानेछ भने लिबर्टीले हर्जना पाउनेछ ।

अयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रहेको छ । जसअनुसार प्रतिमेगावाट लागत साढे १८ करोड रुपैयाँ छ । यो मुल्य अन्य आयोजनाको भन्दा सस्तो नै रहेको दाबी पाण्डेले गरे ।

लिबर्टीले आयोजनाबाट उत्पादन सुरु भएपछि प्रभावित स्थानीय बासिन्दालाई १० र सर्वसाधारणलाई १५ गरी २५ प्रतिशत सेयर निष्काशन गर्ने प्रतिवद्धता गरेको छ जसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको छ ।

आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नौवटा बैंकको ऋण लगानी छ । आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जी प्रा. लि. हो ।

कुन काम कति भयो ?

बाढीले क्षति पुर्‍याएको बाँधलगायत अन्य संरचनाको मर्मत कार्य ९४ प्रतिशत पूरा भएको छ । २८ सय मिटर लामो टनेल पूर्णरुपमा तयार भएको छ भने २६ सय मिटर लम्बाइको पेनस्टक पाइपका लागि सिभिल निर्माण, नहर र स्वीचयार्ड संरचना निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !