site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महरा अब संसद जान सक्छन्, आरोप ‘निराधार’

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको निवर्तमान सभामुख कृष्णबहादुुर महरालाई सफाइ दिएको छ ।

असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरालाई सोमबार जिल्ला अदालत काठमाडौंले सफाइ दिएको हो ।

पूर्वसभामुख महराले पाए सफाइ 

न्यायाधीश अम्बरराज पौडेलको इजलासले आइतबार दुवै पक्षको अन्तिम सुनुवाइ सकेको थियो ।

आइतबार नै फैसला सुनाउने तयारी गरिएको भए पनि ‘टाइपिङ’ नसकिएको भन्दै सोमबारका लागि सारिएको थियो ।

के थियो महरामाथिको अभियोग, सभामुख हुँदा निवासबाटै पक्राउ परेका थिए 

निर्दोष सावित भएर अदालतबाट बाहिरिने क्रममा अदालत प्राङगणमै ताली बजाएर महरालाई उनका समर्थकले स्वागत गरेका थिए ।

महरा निकटस्थले अदालत बाहिर सञ्चारकर्मीसँग महराले बोल्न चाहेको बताए पनि प्रहरीले गाडीमा राखेर डिल्लीबजार कारागार लगेको थियो ।

आवश्यक प्रक्रिया पूरा गरेर महरा आजै छुट्नेछन् ।

छुटेलगत्तै उनलाई राजनीतिमा सक्रिय रहन बाटो खुलेको छ ।

तर सभामुख भने नयाँ प्रक्रियामार्फत चयन भइसकेकाले उनको सांसद पद भने क्रियाशील हुनेछ ।

महराको बयान–म त्यो दिन तीनकुने गएकै थिइन

कानुनविद डा. भीमार्जुन आचार्यले महरा कानुनको नजरमा पहिलेकै अवस्थामा पुगेको टिप्पणी गरे ।

बाह्रखरीसँग कुरा गर्दै आचार्यले भने, “कानुनको नजरमा महरा पहिलेकै अवस्थामा पुग्नुभयो । अभियोग लाग्नुभन्दा अघि जुन अवस्था थियो, अब त्यही अवस्थामा पुग्नुभएको छ । कानुनी मान्यता पनि त्यही नै हो । उहाँ हिजोसम्म आरोपी हुनुहुन्थ्यो । उहाँले सफाइ पाएपछि पहिलेकै अवस्था कायम रहन्छ । यसको अर्थ उहाँ भोलिदेखि नै संसद जान सक्नुहुनेछ । उहाँको सांसद पद कायमै रहन्छ ।”

तर सरकार जिल्ला अदालतको फैसलामा चित्त नबुझे पुनरावेदनका लागि माथिल्लो अदालतमा जान भने सक्ने उनले बताए ।

महराको स्वागतका लागि नेकपाका नेता कार्यकर्ता डिल्लीबजार पुगे (तस्बिरमा)

महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । पक्राउ परेलगत्तै उनको सांसद पद निलम्बनमा परेको थियो ।

के छ फैसलामा ?
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महराले सफाइ पाएको जानकारी गराउँदै उनीमाथि लागेको अभियोग पुष्टि नभएको बताए ।

“आज भएको फैसलामा प्रतिवादी कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । त्यसको संक्षिप्त आधार प्रतिवादीको अनुसन्धानका क्रममा भएको बयान, र यस अदालतमा भएको बयान पुष्टि गर्दै जाहेरवाली पीडितले दिएको वकपत्रले प्रतिवादीको इन्कारी बयानलाई पुष्टि गर्दै यी प्रतिवादी वारदातका दिन आफ्नो कोठामा आउँदै नआएको र प्रतिवादीले कुटपिटलगायतका र अभियोग दाबी बमोजिमको कोशिश नगरेको भनी स्पष्ट खुलाइदिएको र साथै औंठाको छाप जाँच गर्ने विशेषज्ञको प्रतिवेदन र वकपत्र, परीक्षणका लागि पठाइएको गिलास, चश्मालगायत औंठाको छाप प्रतिवादीको औंठाको छापसँग तुलनात्मक रुपमा विश्लेषण गर्न नपाइएको भन्नेसमेतका आधारमा अभियोग दावी बमोजिम कसुर गरेको स्थापित हुन नआएबाट प्रतिवादीले अभियोगबाट सफाइ पाउने ठहर्छ,” जिल्ला अदालतले गरेको फैसलाको आधार खुलाउँदै पत्रकारहरुसँग श्रेष्ठले भने ।


यस्तो थियो उनको राजीनामापछि संसद सचिवालयले जारी गरेको विज्ञप्ति

त्यसलगत्तै संसद सचिवालयले सभामुख महरा पक्राउ परेको सूचना पनि जारी गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro