site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 पूर्वसभामुख महराले पाए सफाइ 

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनीविरुद्धको मुद्दाको फैसला आज आएको छ ।

आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फैसला टाइपिङमा ढिलाइ भएको कारण सोमबार मात्रै फैसला आउने बताएका थिए ।

पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर छ ।

यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।

गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश थियो ।

पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।

थुनामा रहेका महराको तर्फबाट जिल्ला अदालतको आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको थियो ।

थप केहीबेरमा 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro