site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 के थियो महरामाथिको अभियोग, सभामुख हुँदा निवासबाटै पक्राउ परेका थिए 

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको भन्दै थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको हो ।

असोज १९ गते सभामुख निवास बालुवाटारबाटै तत्कालीन सभामुख महरा पक्राउ परेका थिए ।

ठूलो संख्यामा पुगेको प्रहरीले उनलाई असोज १९ मा नियन्त्रणमा लिएको थियो ।

तीनकुनेमा रहेको कोठामा पुगेर महराले संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा निवदेन परेको थियो ।

सोही निवेदनका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

उनले उपसभामुखसमक्ष राजीनामा बुझाएका थिए ।

यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।

गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश थियो ।

पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।

थुनामा रहेका महराको तर्फबाट जिल्ला अदालतको आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro