site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चले माग्यो जवाफ : नेपाल र भट्टराईविरुद्ध  किन मुद्दा नचलाउने ? 

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री द्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध  ललिता निवास प्रकरणसँग जोडेर दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार पूर्वप्रधानमन्त्री द्वयविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सोही रिटमा सुनुवाई गर्दै शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उनीहरुमाथि किन मुद्दा चलाउन नपर्ने हो भन्दै कारण माग गरेको हो । आदेशमा निवेदकले माग गरेजस्तो आदेश जारी नहुनुपर्ने कारण भए १५ दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित जवाफ पेस गर्न भनिएको छ ।   

गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।  नीतिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्री रहेका नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको भन्दै रिट दायर भएको थियो ।

ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता, तत्कालिन भौतिक पुर्वाधार मन्त्री विजय गच्छदारमाथि मुद्दा दायर भएपछि कांग्रेसले संसद अवरुद्द गर्दै आएको छ । अख्तियारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेतामाथि मुद्दा चलाएको र सत्तारुढ दलका नेतालाई जोगाएको भन्दै भातृसंस्थालाई आन्दोलन गर्न निर्देशन समेत दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro