site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 अर्थमन्त्री खतिवडा ‘गहिरो निद्रा’मा सुत्न किन सकेनन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालू आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षाका लागि बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा न उत्साही थिए न त उनको मुहारमा चमक नै । कार्यक्रममा लिखित रुपमा तयार पारेको प्रेस नोट पढे र दुईवटा प्रश्नको मात्रै उत्तर दिएर कार्यक्रम सकिएको डा. खतिवडाले घोषणा गरे ।

‘कार्यकाल सकिन लागेका’ अर्थमन्त्री खतिवडाले संसारका कुनै पनि देशका अर्थमन्त्री सुत्न सक्ने अवस्था नरहेको र आफू पनि अर्थतन्त्रकै बारेमा सोच्दासोच्दै निदाउन सक्ने अवस्थामा नरहेको टिप्पणी गरे । नेपालको अर्थतन्त्रमा चुनौती रहेको स्वीकार्दै मन्त्री खतिवडा भन्छन्, “आज विश्वका कुन अर्थमन्त्री गहिरो निद्रामा राम्रोसँग सुत्न सकेका होलान् ?” 

आजको विश्वका परिवेशमा आफ्नो दायित्व सम्झेर पनि अर्थमन्त्रीले तत्परताका साथ जोखिमपूर्ण काम गर्नैपर्ने उनको बुझाइ छ । अर्थमन्त्रीलाई कार्यकाल सकिन लागेर कि अर्थतन्त्रको अवस्थाले निद्रा नलागेको भन्नेबारेमा कुनै टिप्पणी गरेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभामा उनको कार्यकाल सकिनै लागेको छ । संवैधानिक व्यवस्थाअनुसार पनि मन्त्री हुनका लागि संसद सदस्य अनिवार्य छ । त्यसैले पनि उनको स्थानमा नेकपाले अर्को मन्त्री पठाउन सक्ने आकलन अहिलेदेखि नै भइरहेको छ ।

मध्यावधी समीक्षामा अर्थतन्त्रमा निकै सुधार आएको दाबी गरे पनि लामो समय दोहोरो कुरा गर्न र पत्रकारबाट धेरै प्रश्न सुन्नसमेत चाहेनन् । मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीमा मात्र दुईवटा प्रश्न लिएपछि उनले ‘बाँकी कुरा आउने भेटमा गरौंला’ भन्दै समीक्षा र प्रश्नोत्तर सत्र टुंग्याउन चाहे । 
दुईवटा मात्रै प्रश्न आएको भए पनि त्यसको उत्तर उनले निकै अड्कलेर दिनुपरेको थियो ।

Global Ime bank

सञ्चारकर्मीको जवाफमा आफू ‘रक्षात्मक’ हुने कारण नभएको दाबी गरे । “अहिले रक्षात्मक हुनुपर्ने कुनै कारण छैन,” उनको जवाफ थियो, “बरु, आर्थिक परिसूचकमा चुनौती गर्नुस् ।”

खतिवडाले बजेट खर्च र राजस्व संकलनबाहेक सबै विषयमा सुधार आएको बताए भने ‘गल्ती नगरी किन डराउने ?’ भन्ने प्रश्न गरे ।  उनको भनाइ थियो, “डराउने कुरै छैन, बरु प्रोएक्टिभ हुने हो । अर्थमन्त्रीले कुनै डर मान्नु नै पर्दैन ।”

उनले भने, “परिसूचक हेर्नुस् । के भएको थिएन ? के भयो ? भनेर तुलना गर्नुस् ।”

एकजना पूर्वप्रधानमन्त्रीले आफूलाई भनेको सम्झँदै खतिवडाले भने, “उहाँलाई अर्थमन्त्री हुँदाको कार्यकाल जति गाह्रो प्रधानमन्त्री हुँदा जति पनि भएन रे ।”

चालू आर्थिक वर्षको ६ महिना बित्दा अधिकांश परिसूचक सकारात्मक रहेको मन्त्री खतिवडाले जारी गरेको ‘प्रेस नोट’ मा उल्लेख छ । खतिवडाले विगत २ वर्षदेखिको निरन्तर सुधारको प्रयासले समष्टिगत आर्थिक परिसूचक सकारात्मक हुँदै गएको दाबी गरे ।

खतिवडाका अनुसार उनी अर्थमन्त्री भएयता आर्थिक वृद्धिदर उच्च रहँदै आएको छ भने चालू आव मुद्रास्फीति पनि निश्चित सीमाभित्र नै छ ।  गत ६ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा सुधार हुँदैछ । 

चालु खाता घाटा आधा भएको छ भने भुक्तानी सन्तुलन स्थिति सुदृढ हुँदै गएको छ ।  विदेशी तथा आन्तरिक लगानी प्रतिवद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएको छ । समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको छ भने वित्तीय सेवाको पहुँच विस्तार भएको छ ।

खतिवडाले प्रस्तुत गरेको प्रेस नोटमा नयाँ कानुन र विधि निर्माणपछि सरकारी वित्त व्यवस्थामा सुधार हुँदै गएको दाबी छ । तर, आयातमा आएको ह्रास र नयाँ राजस्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजस्व अपेक्षाकृत संकलन हुन नसकेको स्वीकार उनले गरेका छन् । 

समग्र बजेट कार्यान्वयनको गतिमा पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार हुन सकेको छैन । 

यस अवधीमा बाह्य सहायता परिचालनतर्फ दातृ निकायको प्रतिबद्धता र बजेट सहयोग उत्साहजनक रूपमा बढ्दै छ ।

खतिवडाले भने, “यस्तो सहायताको तीव्र उपयोग गर्न सक्ने क्षमता भने अझ बढाउनु पर्नेछ ।” 

लगानीमैत्री कानुनको निर्माण र पारदर्शी एवं उद्योगमैत्री राजस्व नीतिका कारण निजी क्षेत्रको व्यवसायिक विस्तार भएको दाबी उनको छ ।

खतिवडाले चालु आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिको निरन्तरता कायम हुने दाबी पनि गरे । बजेटले लक्षित गरेको आर्थिक वृद्धिको नजिक पुग्न सक्ने देखिन्छ तर केही चुनौतीहरू देखिएकाले थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको उनले स्वीकारे ।

दुईवर्ष अगाडि यही समयमा खतिवडा अर्थमन्त्री बन्दा देशको परिदृष्य यस्तो थिएन । उनले आफ्नो विज्ञता प्रयोग गरेर श्वेतपत्रमार्फत् अर्थतन्त्रको चिरफार गर्दाभन्दा परिदृष्य सुधारिइसकेको छ ।

मन्त्री खतिवडाले पेस गरेको दोस्रो बजेट कार्यान्वयनको आधा समय बित्दा वस्तु निर्यात एक चौथाइले बढेको छ । आयात भने ४ प्रतिशतले कम भएको छ । विप्रेषण आप्रवाहमा पनि सामान्य वृद्धि भएको छ ।

शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा छ । अघिल्लो वर्षको ६ महिनासम्म शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा थियो ।

विदेशी विनिमय सञ्चिति पनि ५७ अर्बले वृद्धि भएको छ । बैंकिङ क्षेत्रको निक्षेप परिचालन र निजी क्षेत्रमा जाने कर्जा प्रवाह दुवै अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । व्याजदरमा स्थिरता आएसँगै लगानीको लागि अनुकूलता थपिएको छ ।

नेप्से सूचकांक गत वर्षको यही अवधिको तुलनामा ८५ अंकले बढेको छ ।

यता अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालको स्वस्थ रुपमा अर्थतन्त्र ठोस बाटोमा अघि बढिरहेको छ भनेर उल्लेख गरेको छ । 

खतिवडाको प्रश्न छ, “अन्तर्राष्ट्रिय मुद्रा कोषले तयार पार्ने आर्टिकल आईभी प्रतिवेदनमा पछिल्लो २० वर्षको प्रेस ब्रिफिङमा यो भन्दा राम्रो कहिले भनेको सुन्नुभएको छ ?”

जे काम भएको छ लुकाउने कुरै नभएको दाबी गर्दै खतिवडा धेरै पब्लिसिटी नगर्नेमा आफू अडिग रहेको दोहोर्याउँछन् । उनले भने, “बुलेटिनमार्फत् जानकारी दिएकै छौं । फेरि लुकाएर पनि कति लुकाउने ?” 

खतिवडाले आफूले लुकाए पनि महालेखा नियन्त्रक र महालेखा परीक्षकको कार्यालयले केही समयपछि सबैकुरा सार्वजनिक गर्ने जिकिर गरे । खतिवडाकै भाषामा भन्दा पुँजीगत वस्तु आयात घटेको भए आर्थिक वृद्धि घट्छ भन्ने अनुमान गरिन्थ्यो । तर अहिले त्यसो भएको छैन ।

आयात घट्ने केही वस्तुमध्ये एउटा हो पेट्रोलियम । यसले हाम्रो आन्तरिक ऊर्जा उत्पादन बढ्दै गएको स्पष्ट पार्ने जिकिर उनको छ ।

“यी सबै कारण हामी आर्थिक वृद्धिको लक्ष्य नजिक नजिक हुन्छौं भनेका छौं,” खतिवडाले थपे, “पुँजीगत खर्च ७५/७६ हुने गरेकोमा ८० प्रतिशत हुने अनुमान गरिएको छ । अपवादबाहेक यो कोशेढुंगा कटेको छैन ।”

“हामीबीचमा केही संरचनागत समस्या छन् । क्रमशः हल हुँदै छन् । लामो समयदेखि कम भएको वित्तीय जवाफदेहिता सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ल्याइएको छ,” उनले भने, “भर्खर कार्यान्वयनमा आएको ऐनको प्रभावकारिता हेर्न केही समय पर्खौं ।”
कैयौं पत्रकारले दर्जनौं प्रश्नको तयारी गरेको भए पनि खतिवडाले भने बिट मात्रै ‘अर्को भेटमा कुरा गरौंला’ भन्दै कार्यक्रम सकिएको घोषणा गरे ।

उनी भन्छन्, “फेरि भेट हुँदा बाँकी कुरा गरौंला ।” 

यस जवाफले अर्को प्रश्न उब्जाएको छ, “उनी राष्ट्रिय सभा र अर्थमन्त्रीको भूमिकामा दोहोरिन लागेका हुन् ?”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !