site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेट समीक्षा गर्दै अर्थमन्त्री, यस्तो देखिन्छ चालू आवको पहिलो ६ महिना
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बुधबार चालू  आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट समीक्षा गर्दै छन् । मन्त्रालयको सभाहलमा उनले ६ महिनामा भएको प्रगति सार्वजनिक गर्न लागेका हुन् ।

६ महिनामा कस्तो छ बजेटको अवस्था ?
आर्थिक वर्ष ०७६/७७ को पुससम्म संघीय सरकारको कुल खर्च ४ खर्ब ९ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कुल खर्चमध्ये चालु खर्च ३ खर्ब ९ अर्ब ६१ करोड, पुँजीगत खर्च ६२ अर्ब ७७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च ३७ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
पुस महिनासम्ममा कुल राजस्व परिचालन ४ खर्ब ५६ अर्ब १९ करोड पुगेको छ । गत आवको यसै अवधिको राजस्व संकलन ४ खर्ब २ अर्ब ४६ करोडको तुलनामा १३.३ प्रतिशतले बढेको हो । कुल राजस्व परिचालन मध्ये कर राजस्व ३ खर्ब ९१ अर्ब ९८ करोडर गैरकर राजस्व ६४ अर्ब २१ करोड रहेको छ ।

सिमेन्ट क्लिंकर, एमएस बिलेट, पत्थर कोइलालगायत वस्तुको पैठारीमा भएको कमीको कारण भन्सार बिन्दुमा संकलन हुने राजस्वमा गत आवको पुससम्मको तुलनामा भन्सार महसुल २.२ प्रतिशत, मूल्य अभिवृद्धि कर ४.१ प्रतिशत र अन्तःशुल्क ८.२ प्रतिशतले घटेको छ । आन्तरिक राजस्वको संकलन भने उल्लेख्य रुपमा बढेको छ । यस अवधिमा आयकर तथा आन्तरिक मूल्य अभिवृद्धि करको संकलन गत आवको सोही अवधिको तुलनामा क्रमशः ३०.३ प्रतिशत र ३१.७ प्रतिशतले वृद्धि भएको छ भने आन्तरिक अन्तःशुल्क १२.९ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia


यस अवधिमा करको दायरामा व्यापक विस्तार भएको तथ्यांक छ । २०७६ असारसम्म स्थायी लेखा नम्बर लिने करदाताहरूको संख्या २१ लाख ७२ हजार २ सय रहेकामा २०७६ पुससम्म यस्तो संख्या ४४.१८ प्रतिशतले बढेर ३१ लाख ३१ हजार ९ सय ५३ पुगेको छ । २०७६ पुससम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १३ लाख २३ हजार ९८ तथा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता १८ लाख ५ हजार ४ सय ३३ पुगेका छन् । चालु आवको पुससम्ममा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ८ लाख १३ हजार ९ सय ७८ थप भएका छन् । २०७६ पुससम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता २ लाख ४६ हजार ६ सय ११ पुगेका छन् ।
चालु आवको पुससम्ममा ३४ हजार १ सय ४२ नयाँ करदाताहरू मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । २०७६ पुससम्म अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ९५ हजार ३ सय ४९ पुगेको छ ।

सार्वजनिक तथा वैदेशिक ऋण
२०७६ पुससम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक क्रण ११ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ८ करोड र वैदेशिक क्रण ६ खर्ब ५४ अर्ब ५ करोड छ । यस अवधिमा संघीय सरकारले आन्तरिक ऋणतर्फ २ अर्ब ४० करोड बराबरको साँवा भुक्तानी र १० अर्ब ३७ करोड ११ लाखबराबरको ब्याज भुक्तानी गरेको छ । त्यसैगरी, बाह्य ऋणतर्फ सावाँ ९ अर्ब ७२ करोड र ब्याज २ अर्ब ६ करोड ६५ लाख भुक्तानी गरेको छ ।
चालु आवको पुससम्ममा संघीय सरकारले प्राप्त गरेको वैदेशिक अनुदान गत आवको सोही अवधिको ७ अर्ब ८ करोड रुपैयाँको तुलनामा ९३.८ प्रतिशतले बढेर १३ अर्ब ७३ करोड पुगेको छ । त्यसैगरी, यस अवधिमा संघीय सरकारले प्राप्त गरेको वैदेशिक ऋण गत आव सोही अवधिको २६ अर्ब ५५ करोडको तुलनामा २२.२ प्रतिशतले वृद्धि भई ३२ अर्ब ४४ करोड पुगेको छ ।

वित्तीय क्षेत्रको अवस्था
२०७६ पुस मसान्तसम्म वाणिज्य बैंकको उपस्थिति भएका स्थानीय तहको संख्या ७ सय ४५ पुगेको छ । गत वर्षको पुससम्म यस्तो संख्या ७ सय ३ थियो । २०७५ पुससम्म बैंक शाखा सञ्जाल ७ हजार ५ सय ९१ रहेकामा २०७६ पुससम्म यस्तो संख्या ९ हजार २ सय ९७ पुगेको छ । वार्षिक विन्दुगत रूपमा २०७६ मंसिरमा निजी क्षेत्रमा प्रवाह हुने बैंक कर्जा १५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १५.६ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको पहिलो ६ महिनामा बिमा प्रिमियम संकलन गत आवको सोही अवधिको ४२ अर्ब २२ करोड रुपैयाँको तुलनामा ४३.३ प्रतिशतले बढेर ६० अर्ब ५१ करोड पुगेको छ । २०७६ पुससम्म वैदेशिक रोजगारीमा जानेसहित बिमा सेवा पुगेको जनसंख्या ८० लाख ७३ हजार ४ सय १२ रहेको छ । यो संख्या कुल जनसंख्याको २६.९ प्रतिशत हो । २०७५ पुससम्म बिमा सेवा पुगेको जनसंख्या २३.८ प्रतिशत थियो ।

बाह्य क्षेत्र
पुससम्ममा कुल वस्तु निकासी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । गत आवकोसोही अवधिमा कुल वस्तु निकासी १०.३ प्रतिशतले बढेर ४५ अर्ब ४१ करोड रुपैयाँ थियो । चालु आवको पुससम्ममा भारततर्फको निकासी ४८.८ प्रतिशतले बढेको छ भने चीन र अन्य देशहरूतर्फको निकासी क्रमशः ८.५ प्रतिशत र ३.८ प्रतिशतले घटेको छ । यस अवधिमा पाम आयल, भटमासको तेल (प्रशोधित), अलैंची, अन्य कपडालगायत वस्तुको निकासी बढेको छ ।

Global Ime bank

विदेशी लगानी
पुससम्ममा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता गत आवको ४५ अर्ब ८३ करोड ३६ लाखको तुलनामा ३१५.३ प्रतिशतले वृद्धि भई १ खर्ब ९० अर्ब ३६ करोड २० लाख पुगेको छ । यसमध्ये लगानी बोर्डमार्फत १ खर्ब ६२ अर्ब ३७ करोड ७० लाख र उद्योग विभागमार्फत २७ अर्ब ९८ करोड ५० लाख बराबरको विदेशी लगानी स्वीकृत भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !