देश
काठमाडौं । ललितपुरको ठेचोमा शुक्रबार श्रीस्वस्थानी व्रत कथा अन्तरगतको माधव नारायण जात्रा मनाइएको छ । पुस शुक्ल पूर्णिमा देखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साखु, भक्तपुरलगायत विभिन्न ठाउँमा मनाउने गरिन्छ । माघ शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन ललितपुरको ठेचोमा स्थानीयले आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्ने गर्छन् । नगर घुम्ने क्रममा पानी हालेर जल लिने चलन छ । उक्त जलले छाला सम्बन्धी रोग निको हुने विश्वास छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६ १७:४३
प्रतिक्रिया दिनुहोस्