site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तरकारी र फलफूल आयात तीन वर्षमा दोब्बर, चामल डेढगुणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । खाद्यान्नमा परनिर्भरता बर्सेनि बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकका अनुसार तरकारी, फलफूल, चामल तथा तेलको आयात विगत तीन वर्षमा दोब्बर बनेको हो ।

राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको तथ्यांकले पनि यस्तै देखाउँछ । आर्थिक वर्ष ०७२/७३ मा ५ अर्ब रुपैयाँको फलफूल आयात भएकोमा आव ०७५÷७६ मा बढेर १०.४ अर्ब रुपैयाँ पुगेको छ । विभागका अनुसार चालू आवको पहिलो ६ महिनामै ४.२ अर्बको फलफूल आयात भएको तथ्यांक राष्ट्र बैंकको छ ।

तरकारी आयातमा विदेशिएको रकम पनि तीन वर्षमा करिब दोब्बर बनेको छ । आव ०७२/७३ मा ७.७ अर्ब रुपैयाँको तरकारी आयात भएकोमा गत आव १४.६ अर्बको आयात भएको छ । चालू आवको ६ महिनामै आयात भएको तरकारीमा आव ०७२÷७३ कोभन्दा ०.१ अर्ब बढी रकम देशबाहिर गइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तरकारी र फलफूलमा परिनिर्भरता दोब्बर बनेको अवस्थामा चामलको आयात वृद्धिदर भने केही कम छ । चामल आयातमा विदेशिएको रकम आव ०७२/७३ को डेढ गुणा छ । सो आवमा २१.९ अर्ब रुपैयाँको चामल देश भित्रिएकोमा गत आव ३२.२ अर्ब रुपैयाँको भित्रिएको छ । चालू आवको तथ्यांक हेर्दा यस्तो रकम १५.१ अर्ब रुपैयाँ छ ।

भटमासको तेलमा पनि परनिर्भरता बढ्दो छ तर अन्य खाद्यान्नको दरमा छैन । आव ०७२/७३ मा १२.७ अर्बको भटमास तेल आयात भएकोमा गत आव त्यो बढेर १३.५ अर्ब रुपैयाँ पुगेको छ । चालु आवको पहिलो ६ महिनामा ८ अर्बको भटमास तेल आयात भएको तथ्यांक राष्ट्र बैंकको छ ।

Global Ime bank

खाद्यान्नको आयात दोब्बर हुँदा यही अवधिमा अन्य वस्तुको आयात पनि दोब्बर बनेको छ । जसकारण आव ०७२/७३ मा ७ खर्ब ७३ करोड रुपैयाँको आयात भएकोमा गत आव १४ खर्ब १८ अर्ब पुगेको छ । तर, निर्यात ३० अर्बले बढेर १ खर्ब रुपैयाँ पुग्दा व्यापार घाटाले बजेटको आकार नाघेको छ ।

आयात बढेर व्यापार घाटामा निरन्तर दबाबमा पर्दा गत आर्थिक वर्ष शोधनान्तर स्थिति घाटामा देखियो । आयातको वृद्धिदरलाई विप्रेषणले नधान्दा वर्षभर देश भित्रिएको रकमलाई बाहिरिएको रकमले उछिनेको राष्ट्र बैंकको तथ्यांक छ ।
उपभोग्य वस्तुको आयात अनियन्त्रित ढंगले बढ्नुको कारण हो, देशका उद्योग पूर्ण क्षमतामा नचल्नु ।

जनसंख्यासँगै माग बढिरहँदा उद्योगको उपयोग क्षमता पनि बढ्न सकेको छैन । आव ०७१÷७२ मा नेपालका कुल उद्योग आफ्नो क्षमताको ५२.६७ प्रतिशतमात्र उत्पादन गर्ने गरेकोमा गत आव उनीहरुले ५७. प्रतिशतमात्र क्षमता उपयोग गरेको देखिन्छ । देशमा लगानीको वातावरण बनेको र उत्पादन बढ्ने उपयुक्त स्थिति सिर्जना भनेको भए पनि आव ०७४/७५ भन्दा उल्टै २.६ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकका अनुुसार यस अवधिमा खाने तेल उद्योगको उत्पादन क्षमता डेढ गुणाले बढेको छ । चामल उद्योगको उत्पादन क्षमता पनि तीन गुणाले बढेर ३१.६ प्रतिशत पुगेको छ । तर, सिमेन्ट उद्योगको संख्या बढेर माग स्थिर हुँदा त्यस्ता उद्योगको उत्पादन क्षमता भने घटेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । डिजाइन : देवेश मानन्धर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement