एजेन्सी । टोटेनहम एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा साउथ ह्याप्टनलाई ३–२ गोल अन्तरे पराजित गर्दै टोटेनहम पाँचौ चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको खेमला टोटेनहमलाई जित दिलाउन लुकास मोरा र सन हुङ–मिनले एक एक गोल गरे । टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको थियो । उता साउथ ह्याप्टनका लागि साने लोङ र डेनी इन्गासले ले एक–एक गोल फर्काए ।
खेलको १२ औँ मिनेटमा टोटेनहमले ज्याक्स स्टिफिनको गोलबाट अग्रता दिलएको थियो । ३४औँ मिनेटमा सानेले साउथ ह्याप्टनका लागि बराबरी गोल फर्काए । इन्गासले ७२औँ मिनेटमा गोल गर्दै साउथ ह्याप्टनलाई अग्रता दिलाए ।
७८औँ मिनेटमा लुकासले टोटेनहमका लागि बराबरी गोल फर्काए । ८७औँ मिनेटमा सनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई ३–२ गोलको जित दिलाए । जितसँगै टोटेनहमले अब चौथो चरण प्रवेशका लागि नर्विच सिटीसँग् प्रतिस्पर्धा गर्नेछ ।