site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कस्तो हुनेछ आजको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै, उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

Dabur Nepal
NIC Asia

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro