site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
q32CAXdrtOk

काठमाडौं । पुरातत्व विभागले धरहराको ‘ड्रइङ एन्ड डिजाइन’ आज (बुधबार) मन्त्रालय र पुनःनिर्माण प्राधिकरणलाई बुझाउँदैछ । पुरातत्व विज्ञ तथा स्ट्रक्चरल इन्जिनियरहरुसँगको पटक पटकको छलफलपछि ‘फाइनल ‘ड्रइङ एन्ड डिजाइन’ तयार पारेको विभागले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र प्राधिकरणलाई बुझाउन लागेको हो । 

“पटक पटक परिमार्जन गरेर तयार पारिएको डिजाइन आज बुझाउन लागेका हौं,” पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले भने, “अब त्यसलाई हामीले तयार पारे अनुसार बनाउने हो या त्यसलाई परिमार्जन गरेर बनाउने हो, त्यो सरकारको निर्णयमा भर पर्नेछ ।”

विभागका अनुसार धरहरामा राखिने डबल लिफ्ट ग्राउन्ड फ्लोरमा रहने छैन । भूकम्प गएको खण्डमा ग्राउन्ड फ्लोरमा गएर फेरि माथि चढ्नुपर्दा ज्यानको जोखिम थप बढ्ने भएकाले एक तला माथिसम्म मात्रै लिफ्ट राखिने घिमिरेले जानकारी दिए । 

“भूकम्पबाट ढलेको धरहरा भूकम्प प्रतिरोधी बन्दैछ । त्यसैले भूकम्प गएका बेला धरहरामा रहेका व्यक्ति कसरी सुरक्षित तल झर्ने भनेर चलफल गर्दा एक नम्बर थिच्दा ग्राउन्ड फ्लोरमा लिफ्ट जाने भएकाले हामी धरहरामा नयाँ प्रयोग गर्ने निचोडमा पुगेका छौं,” घिमिरेले भने, “विश्वका जुनसुकै ठाउँमा लिफ्टको अन्तिम बिन्दु ग्राउन्ड फ्लोर हुन्छ । तर, भूकम्प गएर आत्तिएको समयमा मान्छेले ग्राउन्ट फ्लोरमा स्विच अन गर्ने भएकाले हामी एक तलालाई ग्राउन्ड फ्लोर ठान्ने निष्कर्षमा पुगेका छौं । यस्तै कारणले केही ढिलो भइरहेको छ । 

\"\"विभागले तयार गरे अनुसार नै पुनःनिर्माण प्राधिकरणले बनाउन सुरुगरे निर्माण सम्पन्न हुन तीन वर्ष लाग्नेछ । 

धरहराको ‘ड्रइङ एन्ड डिजाइन’ केज कन्सल्ट र एमआरबी एसोसिएट्स जेभीले ७७ लाख ८४ हजार रुपैयाँमा तयार पारेको हो । नयाँ बन्ने ११ तले धरहरा २४५ फिट अग्लो हुनेछ । भित्र २१३ र बाहिर २५ वटा सिँढी रहने छन् । 

टक्सार विभाग, गोश्वारा हुलाक र अहिलेको धरहरा परिसर गरेर कुल ४२ रोपनी क्षेत्रफलमा बन्ने धरहरामा अन्डरग्राउन्ड दुई तला निर्माण गरिनेछ । जसमध्ये एउटा तलामा अत्याधुनिक संग्रहालय हुनेछ भने एउटा तला पार्किङ हुनेछ । संग्रहालयमा टक्सार विभागमा रहेका पैसा छाप्ने मेसिन तथा पुराना सिक्काहरु राखिनेछ । 

“सानो तर आकर्षक टक्सार म्युजियम पनि रहनेछ,”  विभागका सूचना अधिकृत दामोदर गौतमले भने, “भूकम्पले भत्काएको धरहरा पनि त्यहीँ राख्नेछौं तर त्यो अहिलेकै अवस्थामा रहनेछ । त्यसलाई सड्न र मक्किन नदिन केमिकल हालेर राखिनेछ ।”

\"\"यस्तै अर्को तलामा भने पार्किङ हुनेछ । पार्किङमा ती नसय कार र ४ सय मोटरसाइकल अटाउनेछन् । “यति ठूलो क्षमताको पार्किङ भएपछि सुन्धारा, न्युरोड क्षेत्रमा देखिएको अस्तव्यस्त पार्किङ र केही हदसम्म ट्राफिक जाममा पनि कमी आउने हामीले अपेक्षा गरेका छौं,” घिमिरेले भने । 
धरहरा निर्माणमा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लाग्नेछ ।  

यस्तो छ खर्चको अनुमानित लागत
भूकम्पले भत्किएको धरहरा यसपटक भने फलामको रड, सिमेन्ट र इटासहित निर्माण हुने भएको छ । अपांगता भएका व्यक्ति र अशक्तका लागि डबल लिफ्ट पनि राखिनेछ । धरहरा परिसरमा रेस्टुराँ, लबि, थिएटर तथा फाउन्टेन गार्डेन पनि हुनेछ । 

भूकम्प तथा प्राकृतिक प्रकोपमा बस्न मिल्ने धरहरा परिसर भित्रै खुला ठाउँ रहनेछ । 

\"\"सरकारले सुरुमा पहिलाको धरहरा रहेकै स्थानलाई ओगटेर  बनाउने योजना गरे पनि विभागले आधुनिक धरहराको ‘कन्सेप्ट’ ल्याएपछि सरकारलाई अत्याधुनिक धरहरा निर्माणमा सहमति जनाएपछि निर्माण सुरु गर्न ढिलो भएको पुरातत्व विभागका सूचना अधिकृत गौतमले जानकारी दिए । 

भत्किएको धरहराको ठूटो भने जस्ताको तस्तै अहिले कै स्थानमा राखिनेछ । गौतमले भने, “धरहरासँगै गोरखा भूकम्पले पुर्याएको क्षतिलाई प्रतिविम्बित गर्ने खालको म्युजियम रहनेछ ।” 

\"\"विभागले बुझाएको धरहराको ड्रइङ एन्ड डिजाइन अनुसार नै धरहरा बन्छ या बन्दैन, त्यो अहिले नै निश्चित भइसकेको छैन । नेपाल टेलिकमले आफूलाई बनाउन पहल गरिरहेको छ । टेलिकमले गरेको प्रस्ताव भने अहिले विभागले तयार गरेको डिजाइनसँग सतप्रतिशत मिल्दैन । “उसले प्रस्ताव गरेको धरहराको डिजाइन हुबहु मिले पनि अन्य कुरामा भने निकै फरक छ,” विभागका एक अधिकारीले भने, “व्यवसायिक प्रयोजनका लागि बनाउने भएकाले उसका केही प्रस्ताव भने फरक छन् । टेलिकमले धरहरा छेउमा छुट्टै भ्यु टावरको पनि प्रस्ताव गरेको छ ।”
सरकारले टेलिकमको प्रस्ताव माने धरहार सँगै भ्यू टावर पनि बन्नेछ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले ९ तले धरहरा भत्किएको थियो ।

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro