site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साउथले ‘साङ्लो’को फ्लेबर चोर्ने सम्भावना छ : विराज भट्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक विराज भट्टले प्रदर्शनको तयारीमा रहेको आफ्नो चलचित्र ‘साङ्लो’ को चर्चा नेपाल बाहिर पनि रहेको बताएका छन् । उनले भोजपुरी चलचित्र बजार र बलिउडमा पनि ‘साङ्लो’को ट्रेलर हेरेर आफूलाई राम्रो प्रतिक्रिया दिइरहेको बताए । 

“साङ्लोको ट्रेलर हेरेर भोजपुरी चलचित्र बजार र बलिउडमा पनि मन पराइएको छ । भोजपुरी र मुम्बइमा मेरा धेरै साथी र दर्शक हुनुहुन्छ, उहाँहरूले कस्तो राम्रो चलचित्र बनाएको, कस्तो राम्रोे एक्सन भनेर प्रशंसा गरिरहनुभएको छ,” उनले बाह्रखरीसँग भने, “त्यसको एउटै कारण मिहिनेत हो, यो मिहिनेत सबैले गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपाली बजार र बजेट सानो भए पनि मिहिनेत गरे राम्रो चलचित्र बनाउन सकिने बताए । मौलिक कन्टेन्ट र आफ्नै शैलीका चलचित्र बनाउन सके विदेशमा पनि बजार खोज्न सकिने उनी बताउँछन् । 

“आज साउथ र बलिउडका चलचित्रसँग मेरो नेपाली चलचित्र साङ्लोको एक्सन तुलना भइरहेको छ । मैले खोजेको पनि त्यही थियो । तुलना गर्दा उनीहरूको लेबलकै काम हामी पनि गरौं, पैसाले पो सक्दैनौं मिहिनेतले त सक्छौं नि,” विराज भन्छन्, “ हामीले नितान्त मौलिक एक्सन गरेका छौं, साउथले चाहिँ हाम्रो फ्लेबर चोर्ने सम्भावना मैले देखेको छु । नयाँ कम्पोजिसन गरेका छौं । हामीले मिहिनेत गर्यौं  भने उनीहरूलाई पनि पछि पार्न सक्छौं भन्ने कुरा मनमा राखेर काम गरेका छौं ।”

Global Ime bank

विराजको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘साङ्लो’ माघ २४ गते रिलिज हुँदैछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC