site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हेरिटेज पेजेन्टस् २०२० को आवेदन खुला, प्रतियोगिता मलेसियामा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरू भएको छ । आयोजक इप्लानेटले मंगलबार एक बिज्ञाप्ती जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’को आवेदन खुला भएको जनाएको हो ।

सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको हो । प्रतियोगिताका सहभागी र विजेताको दायित्व, कर्तब्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस पटकको ‘हेरिटेज् पेजेन्टस् २०२०’ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को दुई उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपाललगायत विश्वका ४० मुलुकका ५० प्रतिस्पर्धीको सहभागीता रहने प्रतियोगिता यो वर्ष मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुनेछ । 

प्रतियोगिताको फाइनल १८ अप्रिलमा हुनेछ । 

Global Ime bank

प्रतियोगितामा सहभागीताका लागि मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर हद तोकिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

सिंगापुरका सुसान कोहको संयोजन रहने प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहने छन्, भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफी रहने आयोजले जनाएको छ । 

नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिताबाट सुरु भएको यो प्रतियोगिताको अधिल्लो श्रृखलामा ४० देशको सहभागीता रहेको थियो । 

‘मिस हेरिटेज इन्टरनेशनल’को पहिलो संस्करण नेपालमा, दोस्रो भारतको नयाँदिल्ली, तेस्रो श्रीलंकामा, चौथौं  र पाँचौ सिंगापुरमा सम्पन्न भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC