site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
निफमा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसप
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ देखि ५ गतेसम्म काठमाडौंको राष्ट्रि सभागृहमा हुने तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा हलिउड फिल्म मेकरले डिजिटल स्ट्रिमिङ सम्बन्धी वर्कसप दिने भएका छन् । ‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा हुने वर्कसपमा हलिउडसँगै नेपालका फिल्म मेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन् । 

फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले हलिउडबाट ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ आउने पक्का भएको बताए । ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन : फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । जोयलोन होफ भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु तीनै जनाले स्ट्रिमिङ साइटका बारेमा जानकारी दिने निर्देशक पाठकले बताए । “स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीनैजनाले विश्वको अनुभव नेपाली फिल्ममेकरलाई बाँड्नु हुनेछ । नेपालमा सक्रियतापूर्वक काम गरिरहेका लेखक, निर्माता, निर्देशकले यो वर्कसपबाट धेरै फाइदा लिनुहुनेछ भन्ने विश्वास छ,” पाठकले प्रेस रिलिज जारी गर्दै भनेका छन् ।  

दिनभर चल्ने वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत लिनेछन् भने एउटा सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्व बजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्ममेकरसँग बहसमा सहभागी हुनेछन् । दिनभर चल्ने सबै सेसनलाई फिल्ममेकर किरणभक्त जोशीले सहजीकरण गर्नेछन् । जोशी हलिउड स्टुडियो वाल्ट डिज्नेमा टेक्निकल डाइरक्टरको रुपमा काम गरेका फिल्ममेकर हुन् ।    

Global Ime bank

हलिउड फिल्ममेकरको सेसन भने राष्ट्रिय सभा गृहमा नभइ लाजिम्पाटको र्याडिसन होटलमा हुनेछ । वर्कसपमा सहभागी हुन चाहाने फिल्मकर्मीले पहिले नै नाम दर्ता गर्नु पर्नेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC