site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मञ्चनका लागि १६ नाटक छानिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । शैली थिएटरको आयोजनामा हुन लागेको ‘११औं राष्ट्रिय बाल नाटक महोत्सव २०७६’ मा १६ प्रतियोगी नाटक मञ्चनका लागि छानिएका छन् । 

आवेदनमा परेका ३५ स्क्रिप्टबाट मञ्चनका लागि १६ वटा छानिएका हुन् । बालबालिकाको मनोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर नगर्ने, भाषामा केन्द्रित र राष्ट्रिय अखण्डतामा असर नपु¥याउने खालका स्क्रिप्ट मञ्चनका लागि छानिएको आयोजकको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महोत्सव माघ २२ देखि २९ गतेसम्म राजधानीको रसियन कल्चर सेन्टरमा हुनेछ । आठदिने महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटरकै अप्रतिस्पर्धी नाटक मञ्चन हुनेछन् । महोत्सवमा करिब चार सय विद्यार्थीहरूले नाटकमा सहभागिता जनाउने छन् ।

महोत्सवको उद्घाटन शैली थिएटरको नाटक ‘सुनौलो माछा’ बाट गरिनेछ । हरेक दिन ३ वटा नाटक मञ्चन हुने तयारी छ । महोत्सवभर नाटक मञ्चन, बालबालिका र नाटकसम्बन्धी छलफल, साहित्यिक कार्यक्रमलगायत गतिविधिहरू हुनेछन् । 

Global Ime bank

अन्तिम दिन प्रतियोगी नाटकमध्ये उत्कृष्टलाई पुरस्कार र सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । शैलीका महोत्सव संयोजक सुवास सुवेदीका अनुसार उत्कृष्ट अभिनय पुरस्कार स्वरूप दुई जनालाई १० हजार रुपैयाँ दिइनेछ । 

उत्कृष्ट निर्देशन पुरस्कार र उत्कृष्ट नाटक पुरस्कार स्वरूप सात हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै प्रोत्सहान पुरस्कार र पब्लिक च्वाइस् पुरस्कार स्वरूप दुई जनालाई ५–५ हजार रुपैयाँ दिइनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC