काठमाडौं । ‘नाई नभन्नु ल–४’ पछि अभिनेता पल शाह र वर्षा राउत पुन एकपटक एउटै चलचित्रमा देखिँदै छन् । चलचित्र ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहने चलचित्र ‘२ नम्बरी’मा उनीहरु सँगै देखिने भएका हुन् ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको छ ।
निर्देशक लामाका अनुसार चलचित्रमा २ क्यारेक्टरको कथा र २ नम्बरी अर्थात कालो धन्दाको प्रसंग रहेको छ । चलत्रिलाई ‘पोई पर्यो काले’ निर्माता किरण नेपालीले निर्माण गर्दैछन् ।
चलचित्रमा वर्षा राउत, पल शाह, दयाहाङ राई र बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।
चलचित्र आगामी वर्षको जनैपूर्णिमामा रिलिज हुँने निर्माण पक्षले जनाएको छ ।
तस्बिर दीपेन्द्र लामाको फेसबुकबाट