साहित्य
काठमाडौं । भोजपुरी गायिका इन्दू सोनालीको स्वर रहेको भोजपुरी गीत ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं चर्चित भोजपुरी गीतमा आवाज भरेकी गायिका इन्दु सोनाली बलिउडमा समेत लोकप्रिय छिन ।
उपेन्द्र सहानीको शब्दमा संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गीत ‘हमनिके भागिया’ को म्युजिक भिडियोमा नायिका केकी अधिकारीले अभिनय गरेकी छि । आलोक शुक्लाले छायांकन गरेको भिडियो निर्देशक पुर्णेन्दू झाले निर्देशन गरेका छन् ।
भिडियोमा केकीलाई बिजय यादब निर्बिजले साथ दिएका छन् ।
संगीतकार शिखर सन्तोषले भोजपुरी चलचित्र, भोजपुरी गीत तथा बलिउडका चर्चित गायक गायिकाहरुका लागि संगीत भरिसकेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ ११, २०७६ २०:२७
प्रतिक्रिया दिनुहोस्