site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौँ सफलता, सोमपालले लिए पहिलो विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा नेपाललाई सोमपाल कामीले पाँचौँ सफलता दिलाएका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमपालले टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजका किमो पाउललाई आउट गरेका हुन् । सोमपालले १६.१ ओभरमा पाउललाई बोल्ड गरे । जारी खेलको १७ ओभर समाप्त हुँदा वेस्ट इन्डिज ‘ए’ ले पाँच विकेट गुमाएर ११३ रन बनाएको छ ।

नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

नेपाली टिममा आज लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल  आकाश चन्दले प्लेइङ–११ मा मौका पाएका छन् । उनीहरूले विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाएका हुन् ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्ने तालिका छ । ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।
 
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro