site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्‍नि सापकोटा सभामुख हुने भएपछि राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । ०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त प्याकुरेलले फौजदारी अभियोग लागेका अग्‍नि सापकोटा सभामुख बन्‍ने पक्का भएपछि असन्तुष्टि जनाउँदै शुक्रबार राजीनामा दिएका हुन् । 

उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । 

सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । 

सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो । 

आफैले विगतमा रिट हालेका व्यक्ति सभामुख बन्न लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उमेदवारी परेको छ । 

मानवअधिकार आयोगका पूर्वआयुक्तसमेत रहेका प्याकुरेलले राजीनामापत्रमा सापकोटाको बारेमा उल्लेख नगरे पनि  कानुनी सर्वोच्चताका लागि लड्नका आफ्नो राजीनामा भएको उल्लेख गरेका छन् । 

 “संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरस: कार्यान्वयनका लागि शासकीय मामिलासम्वद्ध औपचारिक परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत,” भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro