site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पको दुई वर्षपछि सिन्धुपाल्चोक (फोटोफिचर)
SkywellSkywell

सिन्धुपाल्चोक । वैशाख १२ गते विनासकारी भूकम्पको दुई वर्ष पूरा हुँदैछ । भूकम्पको केन्द्रविन्दू उत्तरी गोरखाको बारपाक भए पनि बढी प्रभावित सिन्धुपाल्चोक हुन पुग्यो । सिन्धुपाल्चोकमा मात्रै करिब पाँच हजारको ज्यान गएको सरकारी तथ्याङ्क छ ।

भूकम्पबाट क्षतविक्षत बनेको सिन्धुपाल्चोक दुई वर्षसम्म पनि तङ्ग्रिन सकेको छैन । करिब दुई सय जनाले मात्र आवास अनुदानको दोस्रो किस्ता पाएका सिन्धुबासी अहिले पनि बारिका पाटा, खेतका गह्रामा टहरा हालेरबस्न बाध्य छन् । स्वास्थ्य चौकी, विद्यालय कहिले बन्ने हुन्, यकिन छैन ।
दुई हिँउदवर्षा  टहरामै झेलेका पीडितहरूले यो वर्षामा पनि घर बनाउनसक्ने अवस्था छैन ।

KFC Island Ad
NIC Asia

रकम अभावले छिट्टै घर बनाउन नसकेको पीडितहरू बताउँछन् । उनीहरू भन्छन्, “सरकारी मापदण्ड अनुसार घर बनाउने हो भने दश लाखले पनि घर बन्दैन । इन्जिनियरहरू दिनकै आएर घरको मापदण्ड पुगेन भन्छन् । लात्ताले हाने भत्काइदिन्छन्, कसरी बन्नु घर ?”

स्थानीय हरि खनाल तर्क गर्छन्, “सरकारले खटाएका इन्जिनियर केही काम गर्दैनन् । उनीहरूसँग न सीप छ । न स्थानीय भूगोलको जानकारी । यसो आँखा डुलाउँछन् र घर बनाएको मिलेन भनेर हिँड्छन् ।”

Royal Enfield Island Ad

उनले सिन्धुपाल्चोकमा पुनःनिर्माणले गति लिन नसक्नुमा प्राविधिको अदक्षता, सरकारको उदासिनता र जनप्रतिनिधिको गैरजिम्मेवारिता भएको औँल्याए ।

“सिन्धुपाल्चोबाट जितेर गएका जनप्रतिनिधले एकदिन संसदमा कुरा उठाएको सुनिएन । न पुनःनिर्माणको सुस्तताबारे कतै चर्चा गरेको नै सुनियो,” उनले थपे ।
हेरौँ तस्बिरहरू
\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro