site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थरीथरीका तरुल (फोटो फिचर)
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । तरुल– माघे संक्रान्तिमा खाइने विशेष कन्दमूल । यसको बोक्रा ताछ्न नसक्ने कडा हुन्छ तर तातो भएपछि सजिलै निस्कन्छ । यसको रंग गाढा खैरोदेखि हल्का फुस्रोसम्म हुन्छ । यो कन्द ७० ग्रामसम्म तौलको र साढे २ मिटर लम्बाइसम्म बढ्न सक्छ ।


माघे सक्रान्तिमा खाइने तरुलले शरीरलाई न्यानो बनाउँछ । यो पोषिलो खाद्य पदार्थले शरीरलाई निरोगी बनाउने मद्दत पुर्‍याउँछ । तरुललाई ‘पुसमा पाक्य, माघमा खाक्य’ पनि भनिन्छ । पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिने खाने यस फल चिसो मौसमका लागि उपयुक्त मानिन्छ ।

यसलाई उसिनेर खाइन्छ । यसबाहेक तरुललाई तरकारी र अचारका रूपमा पनि खाइन्छ । नेपालमा ४ प्रजातिका तरुल पाइन्छन् । डायसोरियासिया परिवारअन्तर्गत पर्ने यो कन्दमूल सामान्यतः अफ्रिका, एसिया, ल्याटिन अमेरिका तथा ओसिनिया क्षेत्रमा पाइन्छ ।

माघे संक्रान्तिमा तरुलसँगै पाकेको फर्सी, सखरखण्ड, पिँडालु उसिनेर खाइन्छ । यो दिन तिलको लड्डु, चाकुको महत्त्व पनि बेग्लै छ । काठमाडौंमा पनि यसको व्यापार अहिले ह्वात्तै बढेको अवस्था छ । राजधानीमा तरुल र सखरखण्डको बिक्री यसरी भइरहेको छ । हेरौं तस्बिरमा :

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro