site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 विधेयकले त्रास बढायो : लोकतन्त्र खतरामा, निरंकुशताको डर
SkywellSkywell

काठमाडौं । सरकारले ल्याएको सूचना प्रविधि विधेयक संविधानमा रहेको मौलिक हकविपरीत भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।

आइतबार बाह्रखरी मिडियाले गरेको अन्तरक्रियामा पनि प्रमुख मिडियाका सम्पादकहरुले यसमा भएका विषयले मौलिक अधिकारको हनन् गर्ने हुँदा यसका कतिपय प्रावधान सच्याउनैपर्ने बताए ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतका आधारमा केही विवादित बुँदाहरुसहितको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ । जुन अहिले विवादित बनेको छ भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ‘नोट अफ डिसेन्ट’ राखेको थियो ।

KFC Island Ad
NIC Asia

तर, विवादकैबीच सत्तारुढ दल नेकपा सांसद एवम् समिति सभापति कल्याणी खड्काले समितिमा विधेयक निर्णयार्थ पेश गरेकी थिइन् । 

समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सामाजिक सञ्जाललाई नियमनको आवश्यकता औंल्याउँदै विधेयकको पक्षमा उभिए ।

Royal Enfield Island Ad

कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनीयतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखे ।

मानव अधिकार आयोगलेसमेत विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । 

“विचार तथा अभिव्यक्ति स्वतन्त्रता संविधान प्रदत्त मौलिक हक हो । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउँदा त्यसले प्राप्त गर्न खोजेको उद्देश्यसँग औचित्यपूर्ण सम्बन्ध रहेको हुनुपर्छ भन्ने सर्वोच्च अदालतको ०७४ वैशाख ६ को फैसलालाई समेत आयोग स्मरण गर्छ,” आयोगले विज्ञप्तिनै जारी गरेको थियो । 

यसले त्रास बढाउँछ : नेपाल बार 

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ विधेयकमाथि थप छलफल आवश्यक रहेको बताउँछन् । 

विधेयकले मौलिक हकका रुपमा रहेको सञ्चार सम्बन्धि हक कटौती गर्ने भन्दै त्यस्तो गर्न नहुने तर्क गर्छन् । 

“सुधारात्मक उपाय अवलम्बन गर्नुपर्छ । बढी बन्देजात्मक भएको छ यसले त त्रास बढाउँछ,” अध्यक्ष श्रेष्ठ भन्छन्, “यसमा परिमार्जनको जरी छ । मौलिक हकमा आघात नपर्ने गरि अगाडि बढ्नुपर्छ ।” 

समयअनुसार सूचना प्रविधि विधेयक आवश्यक परे पनि बहुमतका आधारमा मौलिक हकलाई कुन्ठित गर्न नहुने उनको सुझाव छ । 

सञ्चार माध्यमलाई नियमन गर्नका लागि प्रेस काउन्सिल रहेको भन्दै उनले आचारसंहिता उल्लंघन गरेमा प्रेस काउन्सिलले नै हेर्नुपर्ने श्रेष्ठ बताउँछन् । 

“कानुन व्यवसायीले आचारसंहिता उल्लंघन गरेमा बार काउन्सिलले कारबाही गर्छ । फौजदारी अपराधका रुपमा लैजानुहुँदैन । व्यवसायिक आचारसंहिता नै राम्रो बनाएर प्रेस काउन्सिलमार्फत नै अनुगमन र नियमन गर्ने व्यवस्था हुनुपर्छ,” उनी भन्छन् । 

लोकतन्त्र खतरामा, निरंकुशताको डर !

नेपाल बार एसोसियसका पूर्वअध्यक्ष शेरबहादुर केसीले सरकारले अलग अदालत गठन गर्ने व्यवस्था गर्न खोज्नु गैर संवैधानिक भएको बताए । “मुद्दा मामलामा अदालतभन्दा बाहेकले सजाय गर्न हुँदैन । अर्धन्यायिक निकायहरु गठन गर्दै कडा सजाय गर्नुहुँदैन । त्यसो गर्न हाम्रो संविधानले मान्यता दिँदैन,” उनले भने । 

पहिला थुन्ने र पछि जरिबाना गर्ने भन्ने विषय संविधानसम्मत नभएको उनको दाबी छ । 

कुनै अपराध गरेमा फौजदारी कानुन र  विद्युतीय कारोबार ऐनले पनि सजाय गर्न सकिने भएकाले थप कानुनको आवश्यकता नरहेको केसीको बुझाइ छ ।  

“यो लोकतान्त्रिक सरकारले संविधानविपरीतका कामहरु गर्दा लोकतान्त्रिक सरकारको पहिचान पनि समाप्त हुन्छ । त्यसकारण यस्ता विधेयकहरु संसदमा ल्याउनुहुँदैन । यस्ता विधेयकले लाकतान्त्रिक व्यवस्थालाई नै समाप्त गर्छ,” उनले भने ।

बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई पनि विधेयकलाई संशयको नजरबाट हेर्छन् । 

विधेयकमा थुप्रै विषयमा छलफल गर्नुपर्ने ठाउँ रहेको बताउँदै उनले सरकारले सूचना प्रविधि विधेयकले नागरिक हकलाई कुण्ठित गर्दैन भन्ने प्रत्याभूति दिन नसकेको बताउँछन् । 

“पाँच वर्षसम्म कैद गर्न सक्ने गरी जुन व्यवस्था गरिएको छ त्यो स्वतन्त्र न्यायपालिकाबाट हुने अवस्था भएमा त्यसलाई अन्यथा भन्न सकिँदैन,” उनी भन्छन्, “तर, छुट्टै सूचना प्रविधि अदालत गठन गर्ने र त्यो अदालतमा कार्यपालिकाले नै मनोनयन गरेका व्यक्तिहरु पर्ने कुराले कार्यकारिणीको छायामा नै त्यो निकाय रहन्छ कि भन्ने संशय छ । यस्ता कुरामा सरकारले प्रष्ट पार्न जरुरी देखिन्छ ।”  

बारका पूर्वमहासचिव सुनील पोखरेल समितिबाट पारित भएको विधेयक अघि बढ्यो भने नेपालमा निरंकुशता सुरु हुने दाबी गर्छन् । 

विद्युतीय कारोबार ऐन, गाली बेइज्जती ऐन र फौजदारी संहिताले नै नियमन गर्न सकिने उनी बताउँछन् । 

ति ऐनअन्तर्गतका मुद्दा नियमित अदालतमा आउने भए पनि विधेयकले गरेको व्यवस्था पारित भएमा छुट्टै अदालतमा मुद्दा लैजाने व्यवस्था गर्नुमा सरकारको बद्नियत रहेको पोखरेलको बुझाइ छ । 

संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको हक विधेयक लागु भएमा खोसिने उनको जिकिर छ ।  

“सामाजिक सञ्जालमा आफ्ना कुरा लेख्दा कारबाही हुनेछ । सरकारले नियुक्त गरेका व्यक्तिले सजाय सुनाउनेछ,” उनी भन्छन्, “यो विधेयक लागु भएमा कसैले फेसबुकमा लेख्यो, कार्टुन बनायो भने पनि सजाय हुनेछ । यसले मान्छेले लेख्ने र बोल्ने अधिकारलाई रोक्छ ।”

के छ विधेयकमा ?

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा पाँचवर्ष जेल वा १५ लाख जरिबाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।

कुनै विद्युतीय प्रणालीमा रहेको सूचना अनधिकृत रुपमा प्रयोग गर्ने, परिर्वतन गर्ने, मेटाउने वा निष्क्रिय पार्ने उद्देश्यले कुनै दुराशयुक्त प्रोग्राम सम्प्रेषण गरे ५ लाखसम्म जरिबाना वा एकवर्ष कैद वा दुवै सजाय हुने विधेयकमा उल्लेख छ । विधेयकको दफा ११५ मा सूचना प्रविधि अदालत गठनसम्बन्धि व्यवस्था छ । 
त्यसैगरी यस विधेयकमा भएको व्यवस्था जस्ताको त्यस्तै पारित भएमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई असर पर्ने भन्दै विज्ञहरुले यसलाई सच्याउन माग गरेका छन् ।

यसमा सामाजिक सञ्जाल सम्बन्धित विभागमा दर्ताको व्यवस्था पनि गरिएको छ । नेपालमा सामाजिक सञ्जाल दर्ता हुन नआएमा रोक लगाउन सक्ने व्यवस्था पनि गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro