site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेल भाडा नतिरे २५ हजार जरिवाना, अवरोध गरे १० वर्ष कैद
SkywellSkywell

काठमाडौं । सरकारले रेलको भाडा नतिर्ने यात्रुलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने गरी बनाइएको विधेयक राष्ट्रियसभामा दर्ता गराएको छ । रेलवे सम्बन्धमा व्यवस्था गर्न विधेयक भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयले दर्ता गराएको हो । विधेयक अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

विधेयकमा कुनै यात्रुले भाडा नतिरी यात्रा गरेका पाइएमा २५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । स्टेसन प्रमुखले मनासिब देखे जरिवाना गराउन सक्ने र त्यसमा चित्त नबुझे निर्णय भएको ३५ दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान विधेयकमा छ । 

रेलवे सञ्चाललनका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा बोर्ड गठन गर्ने प्रस्ताव गरिएको छ । बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा रहने र आवश्यकताअनुसार नेपालभित्र शाखा कार्यालय स्थापना गर्न सकिने विधेयकमा उल्लेख छ । बोर्डका तर्फबाट काम गर्न यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा एक कार्यकारी समिति बनाउने र त्यसको अध्यक्ष सचिव र सदस्यमा विभिन्न मन्त्रालयका सहसचिवहरू रहने गरी प्रस्ताव गरिएको छ । 

त्यस्तै, विधेयकमा रेल दुर्घटना भएमा दिइने क्षतिपूर्ति र उपचार खर्चबारे पनि व्यवस्था गरिएको छ । कुनै व्यक्तिलाई चोटपटक लागे अवस्था हेरेर १ लाखसम्म, अंगभंग भई काम नलाग्ने भए प्रत्येक अंगको ५० हजार र घाउ खर्चबापत १ लाख ५० हजारसम्म, मृत्यु भएमा किरिया खर्च बापत २ लाख र क्षतिपूर्तिबापत ५ लाख, दुर्घटनामा व्यक्तिको सम्पत्ति हानि नोक्सानी भएमा ५ लाखसम्म दिने उल्लेख छ । तर, यात्रुको आफ्नै हेलचेक्र्याइँले घाइते वा मृत्यु भएमा, कसैले आत्महत्या गरे, प्राकृतिक वा रोगका कारण केही भए क्षतिपूर्ति नदिइने विधेयकमा प्रस्ताव छ । 

त्यस्तै विधेयकमा रेलवेमा अवरोध वा आगजनी गर्न नहुने र त्यसो गरी कसैको मृत्यु भए ज्यान मारेसरह सजाय र ज्यान नमरे १० वर्षसम्म कैद र २ लाख रुपैयाँ जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।

रेलवे सेवालाई क्षति पुर्‍याए ७ लाखसम्म कैद र १ लाखसम्म जरिवाना प्रस्ताव गरिएको छ । चालकले अनुमतिविना रेल चलाए ६ महिना कैद र ५० हजार जरिवाना हुने प्रावधान विधेयकमा राखिएको छ । मादक पदार्थ वा लागू पदार्थ सेवन गरी रेल चलाए १ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रस्ताव छ । 

संयुक्त लगानीमा रेलवे सेवा चलाउन सकिने
विधेयकमा संयुक्त लगानीमा रेलवे सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । सरकारको पूर्वअनुमति लिई स्वदेशी वा विदेशी लगानीकर्तासँग संयुक्त लगानीमा रेलवे निर्माण, विस्तार सेवा सञ्चालन गर्न सकिनेछ । विधेयककाअनुसार नेपालले विदेशी भूमिसम्म र विदेशी राष्ट्रले नेपालको भूमिसम्म र नेपाल हुँदै अरू देशसम्म रेलवे सेवा सञ्चालन गर्न सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ । रेलवे बोर्डले अनुरोध गरे रेलवेको सुरक्षाका लागि छुट्टै सुरक्षा एकाइ गठन गर्न सक्ने व्यवस्था विधेयकमा छ । 

KFC Island Ad
NIC Asia

रेल चालक हुन १२ कक्षा पास अनिवार्य
विधेयकमा रेल चालक र सहचालकको योग्यतासम्बन्धी पनि व्यवस्था गरिएको छ । जसअनुसार रेल चालक र सहचालकको अनुमतिपत्र प्राप्त गर्न कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । रेलवे बोर्डबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरे वा ५ वर्ष सहचालकका रूपमा काम गरे रेल चालकका लागि योग्य हुनेछ ।
 

थप समाचारहरु :

Royal Enfield Island Ad

काठमाडौंका जमिनमुनि रेल मार्ग बनाउन सकिने

काठमाडौंमा कुन रेल उपयुक्त ?

घोषणापत्रमा प्रमुख दलका रेल सपना

रेलमार्ग बने पनि नेपालमा रेल चलाउने ड्राइभर छैनन्

चार महिनापछि नेपालको आफ्नै रेल ! विभागका महानिर्देशक भन्छन्–‘लिक’ छँदैछ चढ्न पाइन्छ

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro