site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा कुन रेल उपयुक्त ?

काठमाडौं । पछिल्लो केही समय नेपालमा रेलको चर्चा व्यापक छ । जमिनमाथि, जमिनमा र जमिनमुनि चलाउन सकिने रेलका सम्भावना र चुनौतीहरु विज्ञले औंल्याउँदै आएका छन् । 
थाइल्यान्डको लियो जोभियान थाई इन्जिनियरिङका प्रबन्ध निर्देशक तथा इन्जिनियर वीरेन्द्र प्रधान काठमाडौं उपत्यकामा जमिन मुनि र माथि चल्ने दुवै प्रकारका रेलमार्ग निर्माण गर्न सकिने बताउँछन् । जस्तोसुकै भौगोलिक बनावट भएपनि उपलब्ध प्रविधिको प्रयोग गरेर काठमाडौं उपत्यकामा रेलमार्ग निर्माण गर्न सकिने उनको भनाइ छ । 

“काठमाडौं उपत्यकाको भौगोलिक संरचना जस्तो सुकै भए पनि त्यसले अवरोध सिर्जना गर्दैन । जस्तो भौगोलिक संरचनामा पनि रेलमार्ग बनाएर चलाउन सकिन्छ,” प्रधानले बाह्रखरीसँग भने, “मात्रै कुन प्रविधि प्रयोग गरेर बनाउने त्यसमा भरपर्छ ।”

टनेल बोरिङ मेसिन (टीबीएम) जमिनमुनि टनेल बनाएर, जमिनमा र जमिनमाथि बनाइने मोनो रेल पनि निर्माण गर्न सकिने उनी बताउँछन् । काठमाडौं उपत्यकाको माटो ग्राभेल मिक्स रहेको भन्दै उनले यस्तो माटोमा जमिनमुनी पानी र माटोको प्रेसरका आधार टनेल र जमिन र मोनो रेलका लागि पाइलका लागि कति गहिराइमा जाने निर्धारण हुने बताए । 

सहरी सुन्दरता र काठमाडौं उपत्यकाको शहरीकरण तथा उपलब्ध सडकको चौडाइका कारण मोनो रेल र जमिनमा गुड्ने रेलभन्दा टनेल रेल नै उपयुक्त हुने उनको भनाइ छ । 
“काठमाडौंमा साँघुरो सडक छ । मोनो वा आकाशे रेल निर्माणका लागि उठाइने पोल (खम्बा) उठाउन कम्तिमा ६ लेनको सडक चाहिन्छ । काठमाडौंका अधिकांश सडक ६ लेनका छैनन् । त्यसैले मोनो रेलका लागि पोल उठाउन सडक नै छैन,” प्रधान भन्छन्, “भएको सडकमा पनि यदि मोनो रेल बनाउने हो भने सडकको ट्राफिकमा समस्या हुनुका साथै सडक अँध्यारो हुन्छ र सहरी सुन्दरता नै हराउँछ । त्यसैले यहाँ टनेल रेल नै उपयुक्त हुन्छ ।”

हरेक स्टेशनका लागि लिकबाहेक २ मिटर चौडाई ४ देखि ६ मिटर लम्बाई जमिन आवश्यक पर्ने भएकाले पनि जमिनमाथि भन्दा पनि मुनी नै रेलमार्ग निर्माण उपयुक्त हुने उनको भनाइ छ । “थाइल्यान्डमा मैले काम गरेको अनुभव र विश्वकै प्रयोग हेर्दा पनि टनेल रेल नै काठमाडौैंका लागि उपयुक्त हुन्छ,” उनी भन्छन् । 

जमिनमाथि गुड्ने रेलमार्गको तुलनामा टनेल रेलमार्ग महँगो हुन्छ । साधारणतः टनेल रेलमार्ग तीन गुणा महँगो हुने इन्जिनियर प्रधान बताउँछन् । पानीको प्रेसर र अन्य प्राकृतिक पक्षहरुलाई रोकेर निर्माण गर्नुपर्ने भएकाले टनेल रेल महँगो हुने उनी बताउँछन् । यो रेलमार्ग निर्माणका लागि औषत प्रतिकिलोमिटर २० मिलियन लाग्ने प्रधानको भनाइ छ । 
काठमाडौंमा जमिनमाथि निर्माण गरिने लिकमा प्रतिघण्टा ६० किलोमिटर र टनेल रेल ६० देखि ८० किलोमिटर रेल गुडाउन सकिने इन्जिनियर प्रधान बताउँछन् । 

काठमाडौं उपत्यका सानो भएकाले रिङरोडभित्र मात्रै रेलमार्ग बनाउँदा लागतका हिसावले धेरै प्रभावकारी नहुने बताउँदै प्रधान भन्छन्, “थानकोटदेखि बनेपा धुलिखेलसम्म र बुढानिलकण्ठदेखि सातदोबाटोसम्म बनाउने सरकारको योजना राम्रो हो ।” 

रेलमार्ग निर्माण आफैमा महँगो भएको भन्दै प्रधान त्यसको लागत उठाउन पनि काठमाडौं उपत्यकामा कम्तिमा ५–६ वटा रेलमार्ग निर्माण हुनुपर्ने बताउँछन् ।  


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro