
काठमाडौं । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरका निम्ति वैशाख १२ गते (शुक्रबार) विशेष कार्यक्रम गर्ने भएको छ ।
‘ओ–युनिभर्स’ नामक कार्यक्रमले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट निर्मित ‘ओ–ल्याब’ र जेइकोको अफ–रोड जीवनशैलीमा आधारित ‘जे–ल्यान्ड’का दुई फरक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिने कम्पनीको भनाइ छ ।
कार्यक्रममा रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापसहित पूर्णरूपमा प्रविधियुक्त संसारको अनुभव प्राप्त गर्न सक्नेछन् ।
ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि–सेभेन एसएचएस’ र पहिलो पूर्णरूपमा विद्युतीय गाडी ओमोडा ‘ई–फाइभ’को पनि उक्त कार्यक्रममा प्रदर्शन गरिने कम्पनीले जनाएको छ ।
जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधिबाट सुसज्जित ‘जे–सेभेन एसएचएस’ र ‘जे–एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ । यी अत्याधुनिक अफ–रोड गाडीहरूको लाइनअप आकर्षक अफ–रोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ ।