site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्ता छन् प्रमुख दलका चुनावी गीत, सुख–दुःखमा कांग्रेस, राष्ट्रवादी एमाले र अधिकारको जन्मदाता माओवादी !

काठमाडौं । १९ वर्षपछि सरकार स्थानीय तहको निर्वाचनमा जुटेको छ । वैशाख ३१ गते निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू चुनावी प्रचारमा जुटेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ‘मेची–महाकाली’ अभियान सकिसकेको छ । सत्तारुढ दल नेपाली कांग्रेस पनि मुख्य सहरमा चुनावी सभा गरिरहेको छ । प्रमुख सत्तारुढ दल माओवादी केन्द्रलाई पनि चुनावी रन्कोले छोएको छ । 

विभिन्न माध्यमको प्रयोग गर्दै दलहरू चुनावी प्रचारमा होमिएका छन् । त्यसमध्येको एक हो सांगीतिक पक्ष । दलहरूले कलाकारहरूमार्फत गीतबाट चुनावी प्रचार गरिरहेका छन् । दलहरूले राष्ट्रिय कलाकारदेखि पार्टीमा सक्रिय कलाकारहरूलाई चुनाव प्रचारको माध्यम बनाएका छन् । 

अरुबेला खासै काममा नआउने दलका सांस्कृतिक विभागहरू पनि यतिबेला सक्रिय भएका छन् । 

एमालेको चुनावी प्रचारका लागि लोकप्रिय लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले लोक भाकामा ९ मिनेट लामो गीत गाएका छन् । गीतले एमालेले अहिले अघि सारेको राष्ट्रवादको विषयलाई प्राथमिकता दिएको छ । एमालेको चुनावी गीत यस्तो छः

‘घामलाई दिनुहोस्, भोट कल्लाई ? 
उज्यालो घामलाई दिनुहोस्, 
देश बनाउने जिम्मेवारी हाम्लाई दिनुहोस् । 
नेकपा एमाले जिन्दावाद ! भोट के मा सूर्यमा जिन्दावाद !!’ 

सिमानामा छिमेकीले साह्रै आँखा गाढे 
अरू कोही बोल्ने छैनन् एमालेले छाडे 
आँच पुर्याउन खोजे भने राष्ट्रियतामाथि 
एकजुट हुने बेला आयो देशैभरका साथी ! 

आफैं मिली बसेका छन् हाम्रा हिमाल–तराई पहाड
लाई फुटाएर बनाउँदै छन् पराई 
ठूला पार्टी भनेकाले छिमेकीलाई टेरे 
सधैँ शान्ति पाउने थियौँ देशले मुहार फेरे ।

नेपालीको छोरो यहाँ सीमानामा मर्छ     
मिचिएको सीमा हाम्ले फिर्ता पाउनुपर्छ 
हाम्ले आफ्नो संविधान मान्न पाउनुपर्छ 
किन विवाद भएको छ जान्न पाउनु पर्छ ।

जनताको बहुमतले एमालेलाई पठाऊ 
देशै बेच्न खोज्नेलाई नेतृत्वमा हटाऊ 
देश विकासका थाक्ने छैनन् एमालेका नेता 
हार्यौ भने उस्तै हुन्छ यो देशको व्यथा । 

एमालेकै अर्को पनि चुनावी गीत सार्वजनिक भएको छ । 
‘सूर्य चिन्ह नेपाली सारको, किसान मजदुर सब सर्वहारको...’ बोलको गीतमा पनि राष्ट्रियताको मुद्दालाई नै अगाडि सारिएको छ । दश वर्षे जनयुद्धको आलोचना गर्दै महिला तथा उत्पीडितको पक्षपोषण गरिएको गीतले एमालेलाई चुनावमा भोट हाल्न आग्रह गरेको छ ।

एमालेको ९ महिने सरकारको स्मरण गर्दै वृद्धभत्ताको समेत चर्चा गर्दै एमालेको लालकिल्ला बनाउन आग्रह गरिएको छ ।  

माओवादी केन्द्र 
नेकपा माओवादी केन्द्रले पनि आफ्नो चुनावी प्रचारका लागि गीत सार्वजनिक गरेको छ । काशीराम बुढामगरको शब्द र संगीतमा रहेको गीतमा काशीराम, केशरी घर्तीमगर, कुश्मा महरा र बिहानी विकले स्वर भरेका छन् ।

‘गाउँ नगर घरघर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं...’ बोलको गीत युट्युबमा अपलोड गरिएको छ । 

केन्द्रको भिडियोमा शीर्ष नेता प्रचण्ड, कृष्णबहादुर महरा, जनार्दन शर्मा, मणि थापालगायत देखिन्छन् भने पार्टीको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गरिएको छ । 

गीतले शोषित पीडित जनताको अधिकारको जन्मदाता आफ्नो पार्टी भएको भन्दै यसपालीको भोट माओवादी केन्द्रलाई दिन आग्रह गरिएको छ । राजतन्त्र फाल्ने, गणतन्त्र ल्याउने, नयाँ संविधान बनाउने र संघीयताको बाटो देखाउने पार्टी माओवादी केन्द्रलाई भोट दिन आग्रह गरिएको छ । 

नेपाली कांग्रेस
कांगे्रसले पनि चुनावी गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । राधिका हमाल र सुनिल थापाको स्वरमा रहेको गीतको बोल यस्तो छ, कांगे्रस हो सुख दुःखमा, भोट हालौं रुखमा...’

गाउँगाउँमा पस्न आग्रह गरिएको गीतमा कांगे्रस सुख दुःखको साथी भन्दै सबैलाई भोट हाल्न आग्रह गरिएको छ । शान्ति र अमनचयन ल्याउने पार्टी कांगे्रस रहेको उल्लेख गर्ने गीतले वीपीको सपना पूरा गर्ने कांगे्रसको दायित्व भएको भन्दै रुख चिन्हमा भोट हाल्न आग्रह गरिएको छ । 

भिडियोमा चुनावी सभादेखि शीर्ष नेतासँगै गायकगायिीको लिप्सिङ प्रयोग गरिएको छ । 

बोली र व्यवहारको ठेगान नभएको भन्दै कम्युनिष्टहरुलाई गाली गरिएको गीतमा सबै युवा तथा भातृ संगठनहरुलाई सक्रिय हुन आग्रह गरिएको छ । 

कम्युनिष्टहरु आत्तिए केके बोल्छ बोल्छ
हिमाल पहाड तराई कांगे्रसकै माहोल छ 
कांगे्रस हो सुख र दुःखमा
ए सुन साथी हो भोट हालौं रुखमा  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०७४  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro