site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् बैठक सञ्चालनका लागि महन्थ ठाकुरलाई तयारीमा राखियो तर नेकपाभित्रै कुरा मिलेन !
SkywellSkywell

काठमाडौं । शुक्रबार प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्न ज्येष्ठ सदस्य महन्थ ठाकुर तयार भइसकेका थिए । 

बिहीबार नै संसद् सचिवालयले उपसभामुखको राजीनामा आउने भन्दै बैठक सञ्चालन ज्येष्ठ सदस्यको अध्यक्षता गर्नका लागि ठाकुरलाई तयारी रहन आग्रह गरेको थियो ।

संसद सचिवालय स्रोतका अनुसार ठाकुर बैठकको अध्यक्षता गर्नका लागि तयारी अवस्थामा थिए ।

KFC Island Ad
NIC Asia

शुक्रबार बिहानसम्म उपसभामुखले राजीनामा गर्ने, बैठकको अध्यक्षता ठाकुरले गर्ने र आइतबार सभामुखको उमेदवारी दर्ता र सोमबार निर्वाचन गर्ने कार्यतालिकासमेत प्रतिनिधिसभा सचिवालयले अनौपचारिक रुपमा तयार गरिसकेको थियो । 

सो बारे सचिवालयले राजनीतिक दलहरुसँग अनौपचारिक छलफल समेत गरिसकेको स्रोतले जानकारी दियो ।

Royal Enfield Island Ad

तर, उपसभामुख तुम्बाहाम्फेको राजीनामा नआएपछि शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेरै स्थगन गरियो । न उपसभामुखको राजीनामा आयो, न ठाकुरले नै बैठकको अध्यक्षता गर्ने अवस्था बन्यो । 

प्रतिनिधिसभाको अर्को बैठक पुस १६ गतेका लागि आह्वान गरिएको छ । 

संसद्मा अलमलः नेकपाभित्रै उल्झन

सत्तारुढ दल नेकपा सभामुख पद आफैसँग राख्न चाहन्छ । उसो त नेकपाभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमा सभामुख आफ्नो भागमा पार्न चाहन्छ । 

नेकपाभित्रैको यही उल्झनका कारण उपसभामुखको राजीनामा टर्दै गएको छ भने सभामुख चयन प्रक्रिया थप लम्बिएको छ । 

पार्टी अध्यक्षको निर्देशन आए राजीनामा गर्न आफु तयार रहेको उपसभामुख तुम्बाहाम्फेले आफू निकटकासँग बताइसकेको स्रोत दाबी गर्छ ।

तर, उनलाई शुक्रबार दिउँसोसम्म पनि त्यस्तो निर्देशन नआएको स्रोतको दाबी छ ।

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक पार्टी र फरक लिङ्गको हुनुपर्ने छ । वर्तमान उपसभामुख नेकपाकै भएकाले उनले राजीनामा नदिएसम्म नेकपाले सभामुख पाउने बाटो खुल्दैन । 

पुस ४ गते सुरु भएको संसदको पाँचौं अधिवेशन उपसभामुखलाई राजीनामा गराउने र सभामुखमा पार्टीभित्र सहमति खोज्नैका लागि शुक्रबारसम्म स्थगित गरिएको थियो ।

सभामुख चयनको कार्यतालिका उपसभामुख तुम्बाहाम्फेले नै ल्याउँदा नेकपाको उपभामुख कायम रहेको मानिने भन्दै कांग्रेसले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा सभामुख पद आफैसँग राख्ने हो भने राजीनामा गराउन सुझाव दिएको थियो । 

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रमेश लेखकले बालुवाटार पुगेरै प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका थिए ।

तर, राजीनामाबारे नेकपा निर्णयमा नपुग्दा संसद् बैठक एकसाता धकेलिएको छ । 

अब के गर्ने ? 

पूर्वमाओवादीले समेत सभामुखमा दाबी गरेपछि उपसभामुखलाई राजीनामा गराउन पूर्वएमालेलाई सकस परेको छ । 

त्यसकारण तुम्बाहाम्फेकै अध्यक्षतामा सभामुख निर्वाचनको कार्यतालिका अघि बढाउने र पछि राजीनामा गराउने योजनामा थिए प्रधानमन्त्री । 

तर, प्रमुख प्रतिपक्षीले समेत राजीनामा गराउन सुझाएपछि ओली अन्योलमा परेका छन् । 

स्रोतका अनुसार सभामुखमा पूर्वएमालेबाट सुनिश्चित नभएसम्म उपसभामुखबाट तुम्बाहाम्फेलाई नहटाउने निष्कर्षमा ओली पुगेका छन् । 

उपसभामुख रिक्त रहेको अवस्थामा पूर्वमाओवादीले गलाउन सक्ने पूर्वएमालेहरुको विश्लेषण छ । 

पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम अघि सारिएको छ । 

पूर्वएमाले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र ओलीबीच कसलाई सभामुख बनाउने सहमति नभएसम्म सभामुख चयन प्रक्रिया लम्बिने स्रोतको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro