site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचनका निम्ति मतपत्र पठाउन थालियो 
Argakhachi Cement Island Ad

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । अब मतपत्र ढुवानी गर्न थालिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।

समयमै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइने उनले उल्लेख गरिन् । “छपाइ सकिएको छ । कतिपय ठाउँमा पठाइसकेका छौँ, कतिपय पठाउने क्रममा छौँ,” उनले बाह्रखरीसित भनिन्, “सबै ठाउँमा समयमै मतपत्र पुर्‍याउँछौँ ।”

४२ स्थानमा हुन लागेको उपनिर्वाचन (एक वडाध्यक्ष निर्विरोध निर्वाचित भइसकेको)का निम्ति दुई लाख २६ हजार ७९९ मतदाता छन् । त्यसका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्