site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किसानले व्यस्त सडकमा अण्डा फुटाए
SkywellSkywell

चितवन । मंसिर २८ गते अण्डा उत्पादक संघ र वितरकहरूको अण्डाको मूल्य निर्धारण गरिएको विषयमा पक्राउ परेका पांँच जना किसानलाई हालसम्म रिहाई नगरिएको भन्दै किसानले भरतपुरको व्यस्त सडकमा अण्डा फुटाएर विरोध गरेका छन् ।

भरतपुरमा संघले बिनाकसुर उनीहरूलाई हिरासतमा राखेर मुद्दा चलाएको भन्दै विरोधस्वरूप अण्डा नष्ट गरेका हुन् । उनीहरूले बिचौलियाको विरोधमा जिल्ला प्रहरी कार्यालय, अगाडि हुँदै चौबीसकोठीसम्म प्रदर्शन गरेका थिए । चौबीसकोठीमा पुगेर उनीहरूले १५ पेटीभन्दा बढी अण्डा फुटाएको एक किसानले बताए ।

KFC Island Ad
NIC Asia

प्रदर्शनमा बिचौलिया मुर्दावाद । निर्दोष किसानलाई बिनासर्त रिहाई गर, सम्पूर्ण किसान एक हौं लेखिएका प्लेकार्ड बोकेका थिए । अण्डा उत्पादक संघका केन्द्री कोषाध्यक्ष राजकुमार श्रेष्ठले विनाकसुर किसानलाई हिरासतमा राखिएको र नछाडिएकाले अण्डा नष्ट गरेर विरोध गरेको बताए । ‘यो प्रदर्शन किसानको रिहाइको माग र विचौलियाको विरोध पनि हो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोइरालाले अण्डा वितरकमाथि अभद्र व्यवहार गरेका कारण ती पांँच जना किसानमाथि मुद्दा चलाइएको जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको कोइरालाको भनाइ छ ।

Royal Enfield Island Ad

गत कात्तिक २१ गते र मंसिर २४ गते अण्डा उत्पादक संघ, अण्डा उत्पादक र बिक्रेता बीच मूल्य निर्धारण गरी सोही अनुसार बिक्री–वितरण गरिने सम्झौता भएको थियो, त्यसको ४ दिन नबित्दै वितरकले मनोमानी ढंगले मूल्य घटाएर खरिद बिक्री गरेको भन्दै अण्डा उत्पादक किसान र वितरक बीच विवाद र दुव्र्यवहार हुंँदा पांँच जना किसान गिरफ्तारीमा परेका थिए ।

उनीहरूको रिहाई नभए देशभरका किसान आन्दोलनमा उत्रने समेत किसानहरूले चेतावनी स्वरुप अण्डा नष्ट गरेका हुन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro