site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवनमा तीन महिनामा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु, २१७ घाइते 

चितवन । चितवनमा चालु आर्थिक वर्षको तीन महिनामा सवारी दुर्घटनामा परी ३८ जनाको मृत्यु भएको छ । २१७ जना घाइते भए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सवारी दुर्घटनामा परी सबैभन्दा बढी असोजमा २० जनाको मृत्यु भएको छ । साउनमा ११ र भदौमा सातजनाको मृत्यु भएको तथ्यांक छ ।

यस्तै, सवारी दुर्घटनामा परी साउनमा ७५ जना घाइते भएका थिए । भदौमा ७३ र असोजमा ६९ जना घाइते भएका थिए ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले असोजमा चाडपर्व परेको र अत्यधिक सवारीको चापसँगै लापरबाही गरिँदा दुर्घटना र मानवीय क्षति बढी भएको बताए । “चाडपर्वमा स्थानीय रुटदेखि लामो दूरीका यातायातको चाप पनि बढ्छ,” उनले भने, “चालकले तीव्र गति र मापसे गरेको पनि पाइयो ।”

भित्री सडकमा बढी दुर्घटना
जिल्लामा भएकामध्ये सबैभन्दा बढी दुर्घटना भित्री सडकमा भएको देखिएको छ । तीन महिनाको अवधिमा भित्री सडकमा ६१ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो । ६१ जना घाइते भएका थिए ।

उक्त अवधिमा पूर्व–पश्चिम लोकमार्गमा ३२ वटा सडक दुर्घटना भएका छन । जसमा १२ जनाको मृत्यु भएको थियो । ६३ जना घाइते भएका थिए । कार्यालयका अनुसार तीन महिनामा नारायणगढ–मुग्लिन सडकखण्डमा २८ वटा सडक दुर्घटना भए । ती दुर्घटनामा परेर पाँचजनाको मृत्यु भएको थियो । ३५ जना घाइते भए ।

यस्तै, पृथ्वी राजमार्गमा ६ वटा दुर्घटना भएकोमा चारजनाको मृत्यु र आठजना घाइते भएका थिए । जिल्लाको सहरीखण्डका सडकमा नौवटा सवारी दुर्घटना भएकोमा ११ जना घाइते भएका थिए ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा कुल १३६ वटा सवारी दुर्घटना भएको तथ्यांक छ ।

भित्री तथा ग्रामीण सडकमा ट्राफिक प्रहरीको पहुँच नपुग्ने र गल्ली तथा त्यस्ता सडकमा चालकले जथाभावी सवारीसाधन चलाउनाले दुर्घटना बढी हुने गरेको कार्यालय प्रमुख थापाको भनाइ छ । “सहरी इलाकामा ट्राफिक प्रहरीको पहुँच पनि हुन्छ । निगरानी पनि बढी हुन्छ । चालक पनि सचेत हुन्छन्,” उनले भने, “अर्को कुरा, यहांँ सवारीसाधनको तुलनामा हाम्रो जनशक्ति अत्यन्त न्यून छ ।”

ट्राफिक प्रहरीले अहिले जोखिमका क्षेत्रहरूमा २४ सै घण्टा नियमित चेकजाँचसँगै ट्राफिक सचेतनाका कार्यक्रम गरिरहेको थापाले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro