site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
'पैसाका लागि आफ्नै सहकर्मीको गाेली हानी हत्या'
Sarbottam CementSarbottam Cement

चितवन । आफ्नै सहकर्मीको हत्या गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाँडामा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका दि फेमस महेन्द्र दल गण, टोखामा  कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा सोही गणका सैनिक जवान चितवनका गंगाधर ढकाल पक्राउ परेका हुन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी घटनाको विषयमा जानकारी दिएको हो । पैसाका लागि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

धादिङका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का मृतक सेनामा कार्यरत गुरुङको सोझोपन र रक्सीको कुलतमा फसेको कमजोरीको फाइदा ढकालले लिएको प्रहरीको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार मृतकको ग्लोबल आईएमई बैंकको खाली चेक लिएर गंगाधर साउन २ गते चितवन आएको र साउन तीन गते फर्जी नाम र ९ लाख अङक भरी गुरुङको किर्ते हस्ताक्षर गरी ९ लाख रुपैयाँ निकालेका थिए ।  

ढकालले एक लाख आफैँले राखेको, ६ लाख बुबालाई दिएको र २ लाख श्रीमतीलाई दिएको खुलेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए । 

Global Ime bank

प्रहरीका अनुसार गुरुङले पहिल्यैदेखि चितवनमा जग्गा लिन खोजेको र यही शिलशिलामा उनले ढकाललाई काठमाडौं लिन बोलाएको प्रहरीले बताएको छ । मोटरसाइलकमा पुनः चितवन फर्केका दुईजना चितवनको साउन पांँच गत चितवनकै एक होटलमा बास बसेका थिए । साउन ६ गते गुरुङले लिएर आएको झोला मृतक गुरुङकै माइला बुबा भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित रबिन गुरुङकोमा राखेर दुवै जना घुम्न बजारतिर निस्केको प्रहरीले जानकारी दिएको छ । 

“घटना घट्नुभन्दा अघिल्लो दिन ढकालले खाजा खाने बहानामा बाहिर निस्किएर अत्यधिक मदिरा सेवन गराएका थिए । ढकाल अलि चलाख धुर्त देखिन्छ । उसले प्रमाण छल्न रातभर मोटरसाइकलमा राखेर चितवनका विभिन्न ठाउंँमा घुमाएको देखिन्छ । जसले गर्दा उनीहरू कतै सुतेको प्रमाण नभेटियोस्,” प्रहरी उपरीक्षक अधिकारीले भने । 

उनका अनुसार असार ७ गते बिहान ५ बजेतिर सिमलडांँडामा पिसाब फेर्ने बहानामा मोटरसाइलकबाट ओर्लिएर पिसाब फेरी आफ्नो झोलामा रहेको एसएमजीमा गोली लोड गरी पछाडि बसेका गुरुङको दाहिने कानमा फायर गरेको र गुरुङ लडेपछि नजिकै पानी बगेको  कुलोमा शव फ्याँकेर हिँडेको प्रहरीले बताएको छ । 

ढकालले आफ्नो अपराध छिपाउन हदैसम्मका प्रयास गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । 

“मोटरसाइकल र जुत्तामा लागेको रगत पखाल्न बिसहजारी ताल जाने पर्खालको झाडीमा एसएमजी फालेर सौराहा दिदीको घरमा रगत लागेको कपडा र जुता पखालेर मृतकलाई किनिदिएको नयाँ जुत्ता लगाएको र आफ्नो धोएर सुकाएको देखिन्छ,” प्रहरी उपरीक्षक अधिकारीले भने, “ढकालले आफ्नो अपराध छिपाउन अन्य हर्कत र उपाय गरेको देखिन्छ । जसले गर्दा हिजो दिउँसोसम्म पनि प्रहरीलाई अपराधी पक्राउ गर्न हम्मे परेको देखिन्छ । उसले प्रहरीले फेरी मोटरसाइकलको आधारमा पक्रिन सक्छ भन्ने अनुमान गरी भरतपुरकै एक ग्यारजमा काम गर्ने भाइको मोटरसाइकल लिएर हिँडेको देखिन्छ ।”

“यो मोटरसाइकल एकछिन यही राख्छु है भनेर आफ्नो छोडेर भाइ भन्नेको लगेको छ,” अधिकारीले भने । प्रहरीले पछ्याउंँदै जांँदा प्राप्त प्रमाणका आधारमा बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर २० बाट २६ वर्षीय ढकाललाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट गोलीको खोका एक थान, बिसहजारी ताल गेट नजिकबाट एसएमजी हतियार एक थान, दिदीको घर सौराहाबाट ऐ. के गोली ७ राउन्ड, झोला, जुत्ता मोटरसाइकल एक थान, सेनाको कम्याट चुस्ता एक थान, हत्यामा प्रयोग भएको एसएमजी हतियार बरामद गरेको छ । उक्त हतियार नेपाली सेनाको हतियार रहेको प्रहरीको भनाइ छ । 

ढकाल दोषी ठहरिएमा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१२ ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १७७ अन्तर्गत जन्म कैदको व्यवस्था रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC