site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति सातौं राष्ट्रिय महिला फुटबल आजबाट सुरु हुँदै
SkywellSkywell

काठमाडौं । प्रधानसेनापति सातौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाली सेनाको आयोजनामा आजबाट प्रधानसेनापति सातौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

३ विभागीय क्लबसहित ३ प्रदेशका टोली, भुटान र सिक्किमको टोली पनि प्रतियोगितामा सहभागीता हुँदैछ ।

KFC Island Ad
NIC Asia

जसमा आयोजक आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ तथा प्रदेश नम्बर १, २ र ५ को सहभागिता रहनेछ । भुटान र सिक्किमको टोली पनि सहभागी हुने बताइएको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह एमा एपीएफ, प्रदेश १, सिक्किम र आर्मी छन् । समूह बीमा पुलिस, भुटान, प्रदेश २ र प्रदेश ५ छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

पुस ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई जनही १० हजार दिइने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro