site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिपुलेकसहितको नक्सा छाप्‍न संसदीय समितिले फेरि दियो निर्देशन 

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि संसदकै राज्य व्यवस्था समितिले पनि सरकारलाएई यस्तो निर्देशन दिएको थियो ।  शुक्रबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । 

बैठकले सरकारलाई निर्देशन दिँदै भनेको छ, “लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्ने ।” 

त्यस्तै, समितिले सो समस्या समाधान गर्न राजनीतिक, कुटनीतिक तहमा अविलम्ब वार्ता गर्न पनि निर्देशन दिएको छ ।

राज्य व्यवस्था समितिको निर्देशनको एक महिना

गत कात्तिक २५ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पनि नक्सा छाप्‍न निर्देशन दिएको थियो । कालापानीलगायतका सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । तर, सरकारले त्यस्तो पहलअघि बढाएको छैन । 

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही निर्देशन दोहोर्याएको छ । यसअघि राज्य व्यवस्थाको निर्देशन कार्यान्वयन नभइरहेका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुनः त्यस्तै निर्देशन दिनुपरेको समितिका एक सदस्यले बताए । 

गृहमन्त्री रामबहादुर थापाले दुई मुलुकबीचको सीमामा देखिएका समस्या समाधान गर्न दुई मुलुकबीचको सीमा सुरक्षा बलको बैठक मंसिर पहिलो साता बोलाइएको जानकारी राज्य व्यवस्था समितिलाई गराएका थिए । तर, मंसिर अन्तिम साता लागिसक्दा पनि कुनै निष्कर्ष निस्किएको छैन ।

तस्बिर : रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro