खेल
एजेन्सी । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगमा फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मलोर्कालाई ५–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान मेस्सीले ह्याट्रिक गरे । त्यस्तै एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले एक–एक गोल गरे । बालोन डी’ओर जितिसकेपछि मेस्सीको पहिलो ह्याट्रिक हो ।
जितसँगै बार्सिलोना १५ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । समान अंक भए पनि गोल अन्तरका आधारमा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ मलोर्का १४ अंकसहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६ ०९:२०
प्रतिक्रिया दिनुहोस्