site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापाको मतदातालाई प्रश्‍न -‘सेवक रोज्नु हुन्छ कि शासक ?’ 
SkywellSkywell

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले चितवनका मतदातालाई सेवक रोज्ने कि शासक आफैंले फैसला गर्नुपर्ने बताएका छन् । 

उपनिर्वाचनको संघारमा यहाँ हुने तीनवटा वडाको चुनावी सभालाई सम्बोधन गर्दै सरकारलाई सबक सिकाउन पनि कांग्रेसले चुनाब जित्नै पर्ने जिकिर गरे ।  

दुई तिहाई सरकार मातले उन्मत्त भएको समेत उनले आरोप लगाए । "आफूलाई भोट नहाले विकास नहुने धम्की दिने नेकपाबाट के आशा गर्न सकिन्छ तपाईं सेवक रोज्नु हुन्छ कि शासक?," उनको प्रश्न थियो ।

KFC Island Ad
NIC Asia

"यो समय हामीले हिजो के गर्यौ भन्ने होइन आज के भइरहेको छ त्यो हेर्ने हो" उनले थपे । दुईवटा पाइलटले देशलाई कता लाँदैछन् भन्ने कुराको हेक्का गरेर मतदान गर्न उनले  मतदातालाई अपिल गरे । अहिलेको उपनिर्वाचनमा नेकपालाई सबक सिकाएनौं भने देश तपाईं हामीले भनेको ठाउँमा जान नसक्ने उनको भनाई थियो ।

नेता थापाले शक्तिशाली रुपमा रहेका प्रधानमन्त्री केपी शर्माले ओलीले दुई वर्षको अवधिमा जन चाहना अनुसार काम गर्न नसकेको आरोप लगाए । 
  
सो अवसरमा बोल्दै नेता थापाले सरकार मात्रै नभएर नेकपाका दुवै अध्यक्षको महत्वकांक्षी भएको आरोप लगाए । वडा अध्यक्षको निर्वाचनलाई आफ्नो प्रतिष्ठा ठान्ने प्रचण्डलाई सबक सिकाउन आवश्यक रहेको उनको भनाई थियो । कांग्रेस कहिल्यै पनि नआत्तिने भएकाले जनतामा निरास नहुन पनि उनले आग्रह गरे ।
   
सभालाई कांग्रेस केन्द्रीय सदस्य डिना संग्रोला, जिल्ला सभापति जीत नारायण श्रेष्ठ, नेपाली कांग्रेससकातर्फबाट वडाअध्यक्षका उमेदवार अमृत हमाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी एक सय पचास जना कांग्रेसमा प्रवेश गरेका थिए ।

Royal Enfield Island Ad

राप्रपा संयुक्तको समर्थन कांग्रेसलाई

भरतपुर महानगरपालिका वडा नम्वर १६ मा यहि मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनमा मनोनयन दर्ता गराएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन कांग्रेस उमेदवारलाई रहेको जनाएको छ ।  नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै राप्रपा संयुक्तका जिल्ला सचिव केशव भण्डारीले आफुहरुको समर्थन काङ्ग्रेसको उम्मेदवारलाई भएको बताए । 

भण्डारीले जिल्ला समितिको निर्णय सुनाउँदै भरतपुर महानगर वडा नम्वर १६ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा पुरानो लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको जानकारी गराएका थिए ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन नेपाली काङ्ग्रेसका उम्मेदवारलाई रहेको घोषणा गरेको छ ।  संयुक्तका तर्फबाट वडा अध्यक्षका उम्मेदवार विष्णु त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका माध्यमबाट देशको रक्षा आवश्यक भएको पार्टीको ठहरलाई सहर्स स्वीकार गर्दै अघि बढ्न र निर्वाचनमा रुख चिन्हमा मतदान गरि काङ्ग्रेसलाई विजयी गराउन समेत आह्वान गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro