site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक पर्यटन गन्तव्यमा चहलपहल बढ्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘घुमफिर वर्ष–२०७३’ सफल भएको दाबी गरेको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले सुरुका महिनामा ‘घुमफिर वर्ष–२०७३’ प्रभावकारी नदेखिए पनि पछिल्ला महिनामा सुधार आएर सफल भएको बताए ।
सामाजिक सञ्जालसहितको डिजिटल मार्केटिङका कारण आन्तरिक पर्यटनको दर बढेको उनको दाबी छ ।

“भूकम्पले पर्यटन शिथिल थियो, बाह्य पर्यटक आउन छाडेका थिए । त्यसैले आन्तरिक पर्यटनमार्फत भएपनि पर्यटन प्रवद्र्धन गर्नुपर्छ भनेर हामीले यो कार्यक्रम घोषणा गरेका थियौैं,” निर्देशक जोशीले भने, “भदौ महिनापछि भने आन्तरिक पर्यटकको अवस्था उत्साहजनक रह्यो ।”

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको बताए । “फेसबुकमा क्रियाशील रहेका ग्रुपहरुसँग हामी आबद्धभएपछि अभियान प्रभावकारी बन्दै गयो,” उनले भने, “१३÷१४ सय आन्तरिक पर्यटक जाने रारामा आधा लाख आन्तरिक पर्यटक पुगेको आंकडा छ ।”

डिजिटल मार्केटिङमा जानुको विकल्प नरहेको भन्दै उनले अब विस्तारै डिजिटाइजेशनतर्फ बोर्ड अगाडि बढेको उनको भनाइ छ ।

बोर्डसँग ‘घुमफिर वर्ष–२०७३’ अन्तर्गत अहिलेसम्म आन्तरिक पर्यटनतर्फ कतिले भ्रमण गरे भन्ने यकिन तथ्यांक छैन । “मुख्य मुख्य गन्तव्यहरु, पार्क, आरक्ष, निकुञ्ज तथा मेला महोत्सवमा पुग्नेको मात्रै हामीसँग तथ्यांक छ,” बोर्डका सह–प्रवक्ता सुदन सुवेदी भन्छन्, “तीन महिना अगाडिसम्मको तथ्यांकअनुसार ४२ लाखभन्दा धेरै आन्तरिक पर्यटकले घुमफिर गरेको देखिएको छ ।”

सहप्रवक्ता सुवेदीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै गोरखाको मनकामना ११ लाख पर्यटक पुगेका छन् ।सुवेदीका अनुसार ७ लाख लुम्बिनी पुग्दा खोटाङको हलेसी ५ लाख पुगेका छन् । ४ लाख पोखरा पुगेका छन् भने ३ लाख जनकपुर पुगेको सुवेदीले बताए ।

यता, होटल संघ नेपालले पनि पछिल्ला वर्षमा बाह्य भन्दा आन्तरिक पर्यटकको चाप बढी हुने गरेको बताउँदै आएको छ । “आन्तरिक पर्यटकको संस्कार विस्तारै हाम्रोमा पनि बढ्दैछ,” हान प्रवक्ता विनायक शाहले भने, “अहिले होटलमा अकुपेन्सी दर हेर्ने हो भने ६० प्रतिशत भन्दा धेरै नेपालीको हुन्छ । नयाँ वर्षमा त यो दर ८० भन्दा माथि पुग्छ ।”

पछिल्लो तीन महिनाको तथ्यांक भने बोर्डले चैत मसान्ततिर सार्वजनिक गर्ने जनाएको छ । “अझै केही दिन बाँकी रहेकाले अहिले हामीसँग पूर्ण तथ्यांक छैन,” सुवेदीले भने, “पछिल्लो तीन महिनामा अघिल्लो ९ महिनाको तथ्यांकमा १५–२० प्रतिशत वृद्धि हुने अपेक्षा गरेका छौं ।”
आर्थिक वर्षको अन्तिमतिर सरकारी तथा गैरसरकारी संस्थाको बजेट सक्न विभिन्न सभा तथा गोष्ठीहरु आयोजना गर्ने हुँदा आन्तरिक पर्यटनको चाप बढ्ने सुवेदीको भनाइ छ ।

“घुमफिर वर्ष–२०७३ को प्रभाव यो वर्ष भन्दा पनि आउँदा वर्षमा बढी देखिनेछ । अहिले गरिएको प्रचारप्रसारको कार्यक्रमको प्रभाव तत्कालभन्दा पनि केहीसमय पछि देखिन्छ,” सुवेदीले भने, “यस्तै कार्यक्रम आउँदा वर्षमा पछि हुन्छन् । अभियान भनेर कुनै नाम नदिए पनि यस्तै कार्यक्रमलाई बोर्डले निरन्तरता दिइरहन्छ ।”

छिमेकी भारत तथा चीनमा आन्तरिक पर्यटनको दर उच्च रहेपनि नेपालमा भने त्यो निकै न्यून रहेको उनले बताए । “छिमेकी भारत र चीनमा बिदा तथा अनुकूल समयमा आन्तरिक पर्यटनमा निस्किने संस्कृति नै बनेको छ,” निर्देशक जोशीले भने, “हाम्रोमा यो कल्चर बसिसकेको छैन ।तर ‘घुमफिर वर्ष–२०७३’ ले यो कल्चरको विकास गर्दै गएको छ ।”

सरकार तथा पर्यटन बोर्डले भूकम्पले बाह्य पर्यटक आगमनको अवस्था न्यून भएपछि सरकारले आन्तरिक पर्यटनको दर उच्च बनाएर पर्यटन व्यवसायलाई चलायमान बनाउन २०७३ लाई घुमफिर वर्षका रूपमा मनाउने घोषणा गर्दै अभियान सुरु गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७३  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro