site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गेट वे टु एभरेष्ट’ : स्पार्क कारको आयोजनामा सोलुखुम्बुको गौरी टापमा तेस्रो स्पार्क एड्भेञ्चर

काठमाडौं । यात्रुहरूका लागि मुलुकभर सवारीसाधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरी टाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ ।

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सीताराम घिमिरेले जानकारी दिए ।

“दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो,” घिमिरेले भने, “सहभागीहरूले बीवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।” काठमाडौंबाट सडकमार्फत एकैदिनमा पुग्न सकिने गौरी टाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौंबाट २३० किलोमिटरको दुरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।

चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगा लगायतका हिमाल तथा चुचुराहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरी टापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ । स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मीलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ ।

स्पार्क एड्भेञ्चरको पहिलो दिन वैशाख २६ गते काठमाडौंबाट गौरी टाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ । पहिलो दिन गौरी टापमा टेन्ट क्याम्पमा बसाइँ हुनेछ । सहभागीहरूले प्रकृतिको आनन्द उठाउँदै रैथाने परिकारको स्वाद लिनेछन् ।

दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिने छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् । सो दिन सहभागीहरू स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुंगाको रुम्झाटारको होमस्टेमा रात बिताउनेछन् । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराई बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro