site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । सरकारले विदेशमा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रयोग गर्ने भएको छ । नेपाल पर्यटन बोर्डले विश्वभर पहुँच भएका समाचार संस्थासँग प्रवद्र्धनका लागि सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी, समाचार एजेन्सी रोयटर्स र अनलाइन पत्रिका ट्रिप एडभाइजरसँग यसै हप्ता सम्झौता गरिएको बोर्डले जनाएको छ ।

“अन्तर्राष्ट्रिय स्तरमा जानका लागि कुनै न कुनै प्रक्रियामा जानुपर्ने थियो । त्यसैले हामीले विश्वभर पहुँच भएका र आफ्ना अडियन्स (दर्शक, श्रोता तथा पाठक) लाई प्रभावित पार्न सक्ने सञ्चारमाध्यमसँग सम्झौता गरेका हौं,” बोर्डका सहप्रवक्ता सुदन सुवेदीले भने, “अपेक्षा गरेअनुसार सफलता प्राप्त हुने अपेक्षा गरेका छौं ।”

ट्रिप एडभाइजर विश्वका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अनलाइन पोर्टल हो । यसले मासिक आफ्नो भिजिटरको संख्या ३९ करोड रहेको दाबी गर्दै आएको छ ।

बीबीसीसँग ६ लाख ८० हजार डलरमा सेप्टेम्बरसम्मका लागि सम्झौता गरेको प्रवक्ता सुवेदीले जानकारी दिए । उनका अनुसार ६ महिनासम्म दैनिक ६–१२ पटकसम्म बीबीसीमा विज्ञापन बज्नेछ ।

ट्रिप एडभाइजरसँग २ लाख ८० हजार डलरमा सम्झौता गरेको पर्यटन बोर्डले रोयटर्ससँग ७५ हजारमा तीन महिनाका लागि सम्झौता गरेको सुवेदीले जनाए ।

“निकै सस्तोमा हामीले सम्झौता गरेका हौं । देशको प्रतिनिधित्वको हिसाबले लामो समयको पहलपछि सम्झौता भएको छ,” सुवेदीले भने, “व्यावसायिक हिसाबले यस्तो सम्झौता गर्ने हो भने निकै महँगो पर्छ । सहुलियतमा हामीले हाम्रो पर्यटन प्रवर्द्धन गर्ने मौका पाएका छौं ।”
सुवेदीका अनुसार रोयटर्सले अब नेपालको पयर्टनसँग सम्बन्धित समाचारलाई प्राथमिकतामा राखेर आफ्ना ग्राहक सञ्चारमाध्यमलाई वितरण गर्नेछ ।सरकारले बीबीसीमा पर्यटन प्रवर्द्धनका लागि बजाउँदै आएको विज्ञापन सन् २०११ बाट रोकिएको थियो । सरकारले दुई पटक यस्तै प्रचारको शैली अपनाएको थियो ।

तत्काल लगानी गरिएको समयमा नै यसले पर्यटन प्रवर्द्धनमा भारी सकारात्मक परिवर्तन नदेखिए पनि यसको प्रभाव दीर्घकालसम्म भने परिरहने बोर्डको विश्वास छ ।

गत वर्ष नेपालमा साढे सात लाख पर्यटक नेपाल भ्रमणका लागि आएको अध्यागमनको तथ्यांकले देखाएको छ । यो संख्यामा वृद्धि हुने सरकारको विश्वास छ ।

बोर्डले बी–बी (बिजनेसटु बिजनेस) तथा बी–सी (बिजनेसटु कन्जुमर)लगायत माध्यमबाट आफ्नो पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ । बी–बी अन्तर्गत पर्यटन बोर्डले विभिन्न अन्तर्राष्ट्रिय मेलामा गएर आफ्नो स्टल राखेर आफ्नो पहिचान झल्काउने काम गर्दै आएको छ । यसमा बिजनेस कम्पनी तथा सिधै देशसँग सम्पर्क बढ्छ ।

वी–सी अन्तर्गत मेलामा आउने व्यक्तिलाई नेपाल र यहाँका गन्तव्यबारे जानकारी दिएर घुम्नका लागि नेपाल आउन उत्प्रेरित गर्दै आएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय एयरपोर्ट एउटैमात्र हुनु र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि नहुनु पर्यटन आगमनमा वृद्धि हुन नसक्नुको एउटा महत्वपूर्ण कारण भएको बोर्डले बताउँदै आएको छ । राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनीले नेपालमा पर्यटक आउने श्रोत देशका मुख्य सहरमा सिधै हवाई सम्पर्क नगरेसम्म अपेक्षित रूपमा बाह्य पर्यटन प्रवर्द्धन नहुने पर्यटन बोर्डको भनाइ छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७३  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro