खेल
काठमाडौं । रित गौतम, रासिद खानलगायत नेपाली यू–१९ क्रिकेट टिमका चार खेलाडीले भारतमा प्रशिक्षणको मौका पाएका छन् ।
प्रशिक्षक विनोद दासको पहलमा रित गौतम, रासिद खान, आकाश र खडक बोहोराले प्रशिक्षणको मौका पाएका हुन् । भारत बैङ्लोरस्थित एक निजी एकेडेमीमा उनीहरुले एक महिनासम्म प्रशिक्षण गर्नेछन् । भारतीय कन्ट्रोल बोर्ड (बिसिसिआइ) सँग आबद्ध प्रशिक्षकले उनीलाई प्रशिक्षण दिनेछन् ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६ १५:१७
प्रतिक्रिया दिनुहोस्