site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेवानिको बोइङ जहाज लिलाम प्रक्रिया लम्बियो, नयाँ खरिदमा ध्यान केन्द्रित
SkywellSkywell

काठमाडौं । नेपाल वायु सेवा निगमले नाइनएन–एसीए कलसाइनको बोइङ लिलाम गर्ने भनेको तीन महिना बितिसके पनि अझै लिलामको प्रक्रिया अगाडि बढ्न सकेको छैन । निगमले पत्रकार सम्मेलन नै गरेर एक हप्ताभित्र बोइङ लिलामका लागि टेन्डर आह्वान गर्ने जनाएको पनि अहिलेसम्म त्यसको प्रक्रिया नै सुरु हुन सकेको छैन । 

पुरानो भएकाले तत्काल लिलाम गरिहाल्ने भनिएको विमान अझै लिलामको प्रक्रिया नै अगाडि बढ्न नसक्नुको कारण जनशक्ति अभाव भएको निगमले जनाएको छ । 

“हामीले पूर्वनिर्धारित मितिमा लिलामका लागि सूचना जारी गर्न सकेनौं,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, “पर्याप्त जनशक्तिको अभावमा समयमा काम हुन नसकेको हो । एउटै व्यक्ति धेरै कमिटीमा छौं, त्यसका कारण सबै काम एकै पटक हुन नसकेको हो ।”

KFC Island Ad
NIC Asia

अहिलेको प्राथमिकता पुराना जहाज लिलामभन्दा पनि नयाँ जहाज खरिद भएकाले निगमको ध्यान एयरबस खरिदतर्फ रहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । “नयाँ जहाज खरिद गर्दा निगमलाई बढी फाइदा छ, त्यसैले अहिले हामी एयरबसमा केन्द्रित भएकाले पनि लिलाम प्रक्रियामा केही ढिलाइ भएको हो,” उनले भने, “अबको केही दिनमा हामी सूचना निकाल्छौं । शुक्रबारसम्म सबै गृहकार्य सकियो भने आइतबार सूचना निस्कन्छ ।”

निगमले नयाँ विमान (ए ३३०–२०० एयरबस) खरिद प्रक्रिया अगाडि बढाएको छ । बोइङ पुरानो भएपछि निगमले नयाँ एयरबस खरिद गर्न लागेको हो । 

Royal Enfield Island Ad

लिलाम गर्न लागेको विमान भने निगमले २९ वर्षपहिले खरिद गरेको थियो । नाइनएन–एसीए कलसाइन भएको जेट बोइङ ७५८–२०० सिरिजको बोइङ हो । 

निगमले विमान लिलामका लागि स्वीट्जरल्यान्डको परामर्शदाता कम्पनी ‘फिनटेक एभियसन सर्भिसेज’ सँग राय पनि लिइसकेको छ । फिनटेकले १५ लाख डलर अर्थात् करिब १६ करोड रुपैयाँमा विमान लिलाम गर्न सकिने सुझाव दिएको छ । 

“यो रकममा १० प्रतिशतसम्म कम वा धेरै मूल्य तय गर्न सकिन्छ,” प्रवक्ता श्रेष्ठले भने । फिनटेकले विमानका सबै उपकरणको मूल्यांकन गरेर लिलामको मूल्य निर्धारण गरेको हो । 

विमान लिलाम बिक्री बढाबढमा राखिएपछि जसले सबैभन्दा धेरै कबोल गर्छ, उसैलाई निगमले बेच्नुपर्ने हुन्छ । 

श्रेष्ठका अनुसार निगमले २९ वर्षअगाडि उक्त विमान १ अर्ब ३० करोडमा खरिद गरेको थियो । “२९ वर्षअगाडि एक डलरको भाउ २३ नेपाली रुपैयाँ थियो,” श्रेष्ठले भने । 

नाइनएन–एसीए विमान अहिले यत्तिकै थन्किएर बसेको छ । “विमान करिब ९ महिनादेखि थन्किएको छ, यो अब यात्रु बोक्नका लागि प्रयोगमा आउन सक्दैन,” श्रेष्ठले भने, “मर्मत गरेर कार्गोका लागि प्रयोगमा ल्याउन सकिन्छ । तर त्यो निकै महँगो पर्छ ।”

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले विमान तत्काल नबेचे कबाडीको भाउमा बेच्नुपर्ने अवस्था आएकाले अहिले उडाउन सकिने अवस्थामै लिलाम गर्न लागिएको बताए । “हामीले यस अगाडि विमान उडान गर्न नसक्ने अवस्थामा भएकाले पार्टपार्ट गरेर लैजानुपरेको थियो, त्यो अवस्थामा भन्दा अहिले नै लिलाम गर्दा राम्रो हुन्छ र केही रकम आउँछ भनेर उडाउन सक्ने अवस्था हुँदाहुँदै लिलाममा लैजान लागेका हौं ।”

निगमले यो विमान लिलाम गरेपछि अहिले उडानमा रहेको बोइङ नाइनएन–एसीबी पनि केही समयपछि लिलामीमा लैजाने बताइसकेको छ । 
बोइङ कम्पनीले अहिले बोइङ ७५८–२०० सिरिजका विमान उत्पादन गर्न छोडिसकेको छ । उत्पादन बन्द भइसकेको र मर्मतका लागि पार्टस्को अभावसँगै महँगो पर्ने भएकाले विमान लिलाम गर्दा नै फाइदा हुने भएपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७३  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro