site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्बोडियापछि नेपाललाई निसाना बनाएका थिए चिनियाँ ह्‍याकरले, अनुसन्धानमा चीनको साथ
SkywellSkywell

काठमाडौं । एटीएम बुथबाट अर्बौं लुट्ने योजनासहित आएका सातजना चिनियाँ र एकजना फ्रेन्च नागरिक नेपाल आउनुअघि कम्बोडिया गएको खुलेको छ । उनीहरुको ‘ट्राभल हिस्ट्री’ले उनीहरु नेपालअघि लामो समय कम्बोडियामा रहेको खुलेको हो । प्रहरीले सो समूहका ६ जना र अन्य ३ जना नेपालीलाई पक्राउ गरेको छ । चिनियाँ दुईजनाको खोजी जारी छ ।

महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले भने, ‘‘कम्बोडियामा एटीएम बुथ ह्याक गरेर विभिन्न समयमा रकम निकालिएको सञ्चारमाध्यममा आइरहेकै हो । यो समूहको पनि कम्बोडियामा पटक–पटक आवतजावत भएको देखिन्छ । यही समूहले त्यहाँ पनि नेपालकै जस्तो घटना गरे कि भन्ने आशंका गर्न सकिन्छ ।’’

अनुसन्धान जारी रहेकाले अहिले नै सबै विषय भन्न नसकिने सुवेदी बताउँछन् । शुक्रबार नेपाल प्रवेश गरेको चिनियाँ ह्याकरको समूह सोमबार स्वदेश फर्किने योजनामा थियो । दोभाषेको सहयोग लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको एसएसपी सुवेदीले बताए ।

KFC Island Ad
NIC Asia

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनीहरुले बयानका क्रममा समेत झुट बोलेका छन् । उनीहरुमध्ये केहीले नेपालमा रकम लुट्ने योजना स्पेनमा र केहीले फ्रान्समा योजना बनाएको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सो समूहले इन्टरनेट चलाउनका लागि नेपाली सिमकार्ड प्रयोग गरेको खुलेको छ ।

तर ती सिमबाट कसैलाई पनि फोन भने नगरेको पाइएको प्रहरीका एक अधिकारीले बताए । उनले भने, ‘‘उनीहरुले चिनियाँ म्यासेजिङ एप वीच्याट मार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क गरेको देखिन्छ । सबै तथ्यबारे अनुसन्धान हुँदैछ । भाषाको समस्या भएकाले अनुसन्धानमा कठिनाइ भएको छ ।’’ यसअघि भारतमा पनि यस्तै प्रकारको घटना भएको थियो । तर त्यहाँ ह्याकर समूहका कोही पनि पक्राउ परेका थिएनन् । नेपालमा भने पहिलोपटक नै ह्याकरको समूह पक्राउ परेको हो ।

Royal Enfield Island Ad

शनिबार पक्राउ परेका ५ जना र आइतबार राति विमानस्थलबाट पक्राउ परेका एक जना छुट्टाछुट्टै रुपमा परिचालन भएको हुनसक्ने प्रहरी अनुमान छ । एक अधिकारीले भने, ‘‘आइतबार पक्राउ परेका व्यक्तिले शनिबार पक्राउ परेकालाई चिन्दिन भनेका छन् । त्यसले कतै दुई गिरोह एकैपटक आएको त थिएन कि भन्ने पनि छ ।’’ तर पक्राउ परेका कसैले पनि आफू मुख्य योजनाकार नभएको दाबी गर्दै आएका छन् । परिसरका एसएसपी सुवेदीले भने, ‘‘उनीहरु धेरै कुरा बोल्नै मानिरहेका छैनन् । हामी सुक्ष्म अनुसन्धानमा छौं । ठूलो रकम लुटिनबाट जोगिएको छ । उनीहरुले झिकेको रकम लगभग सबै बरामद भइसकेको अवस्था छ ।’’

भारत र चीनको चासो

चिनियाँ ह्याकर समूह नेपालमा पक्राउ परेपछि भारत र चीनले त्यसबारे चासो देखाएका छन् । एटीएम बुथको स्विच ह्याक गरी भारतमा समेत करोडौं रकम झिकिएको घटना भएकाले भारतले चासो देखाएको हो । एक प्रहरी अधिकारीका अनुसार भारतीय रिजर्भ बैंकले भारतीय प्रहरीमार्फत् नेपाल प्रहरीसँग घटनाबारे जानकारी लिएको छ । भारतमा एटीएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेका थिएनन् ।

चीनले भने आफ्नो देशका नागरिक भएकाले चासो दिएको हो । आइतबार साँझ नै नेपालस्थित चिनियाँ दूतावासका फर्स्ट सेक्रेटरी फिङसा ओलिनले परिसरमै आएर आफूहरुसँग भेट गरेको परिसरका डीएसपी होविन्द वोगटीले पुष्टि गरे । उनले भने, ‘‘उहाँहरुले चिनियाँ नागरिक भए पनि अनुसन्धानमा पूर्ण सहयोग रहन्छ भनेर जानुभयो । उहाँले घटनाको बारेमा पनि जानकारी लिनुभयो ।’’ 

प्रहरी अधिकारीबाहेक चिनियाँ दूतावासको टोलीले पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकलाई समेत भेटेको थियो । प्रहरीले चिनियाँ लु जिया लिङ, चेन विन विन, झु लियाङ आङ, क्यु याङ यिङ र लिन जिनमिङलाई शनिबार दरबारमार्गबाट पक्राउ गरेको हो । अर्का एकजना चिनियाँ मूलका फ्रान्सेली नागरिक सु लुस लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्दाभाग्दै आइतबार राति पक्राउ गरेको हो । 

ह्याकरको समूहले नबिल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेर रकम झिकेका थिए । एक प्रहरी अधिकारीले भने, ‘‘अन्य बैंकमा पनि यस्तो घटना भएको हुनसक्छ । तर कतिपयले बाहिर ल्याउन खोज्दैनन् ।’’ पक्राउ परेकाहरुको साथबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको थियो ।

प्रहरीले ह्याकरहरुलाई पैसा सटही गर्ने नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र म्यानेजर रेवती दवाडी तथा डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछानेलाई पनि पक्राउ गरेको छ । उनीहरुले नेपाली रुपैयाँ लिएर डलर दिएकाले पक्राउ गरिएको एसएसपी सुवेदीले बताए । 

सम्बन्धित समाचार

‘मालवेयर’ प्रयोग गरेर एटीएमबाट यसरी निकालियो रकम

एक चिनियाँ ह्‍याकर भाग्दाभाग्दै विमानस्थलबाट पक्राउ

बैंकहरूको अर्बौं रकम जोगाउने प्रहरीको तीनघण्टे अपरेसन

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro