site stats
बाह्रखरी :: Baahrakhari
देश
एक चिनियाँ ह्‍याकर भाग्दाभाग्दै विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपालका बैंकको एटीएम ह्याक गर्ने चिनियाँ ह्याकर समूहका एक व्यक्ति भाग्दाभाग्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति सु लु सिङ नाम गरेका एक चिनियाँ नागरिकलाई विमानस्थलबाट पक्राउ गरेको हो । 

परिसरका एसएसपी उत्तमराज सुवेदीले उनीबारे आवश्यक अनुसन्धान भइरहेको बताए । सु एटीएम ह्याकरमध्येका एक भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

Argakhachi Cement Island Ad

शनिबार दरबारमार्गबाट प्रहरीले चिनियाँ ह्याकर समूहका पाँच जनालाई पक्राउ गरेको थियो । तीनजना फरार थिए । एसएसपी सुवेदीका अनुसार थप दुईजनाको खोजी कार्य जारी छ । शनिबार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन थिए ।

उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरिएको थियो । चिनियाँ अपराधिक समूह सोमबार (आज) नै स्वदेश फर्किने गरी शुक्रबार मात्रै नेपाल आएको थियो । 

प्रहरीको तीनघण्टे अपरेसनले  जोगायो नेपाली बैंकको अर्बौं रकम

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्