
पोखरा । कास्कीको बेगनास तालमा बेपत्ता गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेका छन् । श्रेष्ठ पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका थिए ।
गोतखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले सोमबार तालको ३५ फिट गहिराइमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं. २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।
उक्त गणका सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली शवको खोज तथा उद्धारमा खटिएको गणपति तिमिल्सेनाले जानकारी दिए । अन्य व्यक्तिसँगै डुंगा सयरमा निस्किएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए । श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ । रासस