site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको राजनीतिक प्रतिवेदनमा चर्को आलोचना– सरकारको कामले निराश जनतालाई जगाऔं
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको चर्को आलोचना भएको छ । सानेपामा जारी केन्द्रीय समितिको बैठकमा शुक्रबार र आइतबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले प्रतिवेदनको चर्को आलोचना गरेका हुन् । 

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान, त्यसले संस्थागत गरेको परिवर्तनका मुद्दाहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा अपनत्व लिन नसकेको र सरकारसँग निराश भएका जनतालाई थप निराश बनाउने कुरा दस्तावेजमा लेखिएको भन्दै बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले राजनीतिक प्रस्ताव बदल्न सुझाव दिएका छन् । 

बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य गगन थापाले राजनीतिक प्रस्ताव बदल्नुपर्ने बताए । 

KFC Island Ad
NIC Asia

“प्रतिगामीहरु सल्बलाए भनेर सरकारबाट निराश जनतालाई निराशा थप्नुहुँदैन । सरकारले गर्न नसकेको कुरा कांग्रेसले गर्छ भन्ने विश्वास जनतालाई दिलाउनेगरि कांग्रेस आउनुपर्छ,” थापाले बैठकमा भने, “संविधान संशोधन र संविधान कार्यान्वयन कांग्रेसले गराउँछ । संविधान विरोधी गतिविधि हुन दिन्नौं भन्ने स्पिरिट प्रस्तावमा देखिएन । यसलाई पुनर्लेखन गर्नुपर्छ ।” 

कांग्रेसको महासमिति बैठक र जागरण अभियानले पार्टी आन्तरिक रुपमा तंग्रिए पनि आम जनतासँग भने पार्टी पुग्न नसकेको थापाको भनाइ थियो । 

Royal Enfield Island Ad

उनले अब कांग्रेस अन्तरमुखी कार्यक्रममा अल्मलिन नहुने भन्दै आम जनतालाई छुनेगरी प्रस्तुत हुनुपर्नेमा जोड दिए । सरकारको कामबाट निराश र असन्तुष्ट बनेका जनतामा कांग्रेसले गर्छ भन्ने विश्वास दिलाउन नसकिएको पनि उनले बताए ।  भ्रातृ संस्था र शुभेच्छुक संस्थामा समस्या पार्टीका नेताहरुकै कारणले उत्पन्न भएको भन्दै उनले कांग्रेस बलियो बनाउन भ्रातृ संस्थामा विगतको गल्ती नदोहोर्‍याउने प्रतिवद्धता नेतृत्वले गर्नुपर्नेमा थापाको जोड थियो । 

त्यस्तै स्थानीय तहमा रहेका कांग्रेसका निर्वाचित प्रतिनिधिहरुले उदाहरणीय काम गरेर देखाउन सक्नुपर्ने भए पनि त्यसो हुन नसकेको थापाको भनाइ थियो । 

त्यस्तै, अर्का केन्द्रीय चन्द्र भण्डारीले पनि सह–महामन्त्री महतले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको आलोचना गरेका छन् । डा. महतले ल्याएको ‘स्क्रिप्ट’मा कांग्रेसको फिल्म नचल्ने उनको दाबी थियो ।  डेढ वर्षमै प्रधानमन्त्री केपी ओलीको फिल्म असफल भइसकेको भन्दै पार्टीको अहिलेको नेतृत्वको फिल्म पनि नचल्ने उनले बताए । डा. भण्डारीले कांग्रेसमा अब नयाँ हिरोहरु नयाँ स्क्रिप्टका साथ आउनुपर्नेमा जोड दिए । 

प्रजातन्त्रमा व्यक्ति असफल हुने तर प्रणाली असफल नहुने भन्दै उनले परिवर्तनका मुद्दामा नेताहरु अन्योलमा हुँदा अहिले ती विषयमा द्विविधा उत्पन्न भएको बताए । 

“अहिले देखिएको अस्थिरताको कारण नेतृत्व हो,” उनले भने । 

त्यस्तै अर्का केन्द्रीय सदस्य भिष्मराज आङदम्बेले कांग्रेसको राजनीतिक दस्तावेजलाई सत्तारुढ दल र अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेर्ने बताए । 

राजनीतिक प्रस्ताव जुन रुपमा आउनुपर्थ्यो त्यो रुपमा नआएको भन्दै उनले बैठकमा सो प्रस्तावलाई अझ सशक्त बनाउनुपर्ने धारणा राखेका थिए । 

“संविधान हाम्रो नेतृत्वमा जारी भएको हो । संविधानका उपलब्धिलाई अपनत्व लिनेगरी राजनीतिक प्रस्ताव आउनुपर्छ,” उनले बैठकमा भने, “सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न संसदीय प्रणालीलाई असफल भयो भनेर हल्ला गराइरहेको छ । संविधान जारी गर्दा मधेसी, आदिवासी जनजातिलाई संशोधन गरेर हल गर्छौँ भन्ने हाम्रो प्रतिवद्धता थियो । संविधान संशोधन गरेर ती समुदायलाई सम्बोधन गर्नुपर्छ ।” 

उनले कांग्रेसकै नेतृत्वमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षता आएको भन्दै यसलाई जोगाउनेगरि कांग्रेस अघि बढ्नुपर्ने धारणा राखे । 

आइतबारको बैठकमा थापा, भण्डारी, आङदम्बे, डा. मिनेन्द्र रिजाल, महेश आचार्य, प्रदिप गिरी, रमेश रिजाललगायतले आफ्नो धारणा राखेका थिए । अर्को बैठक मंगलबार बस्नेछ । 

  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro