site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘गणतन्त्र र संघीयतामा पूर्वराजा र विप्लवभन्दा सरकारबाटै खतरा’
SkywellSkywell

काठमाडौं । “सरकार झुटमाथि झुटको खेती गरिरहेको छ तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउन सकिरहेका छैनौं,” शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालाले नेतृत्वमाथि नै प्रश्न गरे । 

सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतामाथि पूर्वराजा र विप्लव समूहबाट खतरा छ भनेको विषय पनि बैठकमा उठाए । “यिनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाटै खतरा छ भन्ने कुरा बुझ्न जरुरी छ,” कोइरालाले भने । 

कांग्रेस मुख्यालय सानेपामा केन्द्रीय समिति बैठक जारी छ । शुक्रबारको बैठकमा १७ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखे । पार्टीको आन्तरिक विषय र समसामयिक विषयमा नै उनीहरुले धारणा राखिरहेका छन् । सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोख्दै आएका केन्द्रीय सदस्य कोइरालाले सरकारले छरेको भ्रम चिर्न नसकेको, पार्टी राम्रोसँग चलाउन नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना गरे । 

KFC Island Ad
NIC Asia

जनताले सुशासनको अनुभूति गर्न नपाएको, सरकार आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारले असफल भएको भन्दै उनले यसप्रति पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।  पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरु र पार्टीबीचमा समन्वय नभएको भन्दै उनले समय सकिएका सबै भ्रातृ संगठनहरुको विधानअनुसार अधिवेशन गर्न माग गरे । 

“बीपी कोइराला ४५ वर्षमा प्रधानमन्त्री बन्नुभयो, हाम्रा सभापति शेरबहादुर देउवाजी ४९–५० बर्षमा प्रधानमन्त्री बन्नुभयो तर पार्टीको नर्सरी नेविसंघमा विधानले तोकेअनुसार ३२ वर्ष भन्दामुनिकालाई ल्याउन हामीलाई कसले रोक्यो ?” उनको प्रश्न थियो । 

Royal Enfield Island Ad

उनले महिला संघ डडेल्धुराकी सभापतिलाई स्पष्टीकरण नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाइएकोमा आपत्ति जनाउँदै उनले केन्द्रमा अधिवेशन गर्न नसक्नेलाई किन नहटाएको भन्दै जवाफ माग गरे । 

पार्टीको १४ औं महाधिवेसनमा हिन्दु राष्ट्रको विषय चर्को रुपले उठने भन्दै कोइरालाले सो विषयलाई कसरी व्यवस्थापन गर्ने हो भन्नेबारेमा पार्टीको  ध्यान जानुपर्ने बताए । 

शुक्रबारको बैठकमा सरकारको कामकारवाही र पार्टीका भ्रातृ संस्थाका विषय छलफल गर्ने एजेण्डा थियो । बैठकमा केन्द्रीय  सदस्य दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउद, उमाकान्त चौधरी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाईं, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले धारणा  राखेको कांग्रेसले जनाएको छ । 

केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताले सरकारविरुद्ध कांग्रेस उठोस् भन्ने चाहेको भन्दै देशका २० ठाउँमा सरकारविरुद्ध सभा आयोजना गर्न बैठकमा प्रस्ताव गरे ।  जनतालाई संविधानले दिएका अधिकार खोस्नेतर्फ सरकार उद्धत रहेको भन्दै उनले सरकार एकदलीय कम्युनिष्ट व्यवस्थातर्फ जान खोजेको बताए । 

प्रधानमन्त्री कार्यालयलाई समेत नियमन गर्ने संवैधानिक आयोगहरुलाई प्रधानमन्त्रीकै मातहत लैजान खोज्नु, सेनालाई प्रधानमन्त्रीले परिचालन गर्न पाउने अधिकार कायम गर्न खोज्नु, न्यायालय र सुरक्षा निकायलाई धम्काउनु, प्रेस र मानवअधिकार आयोगको अधिकार संकुचन गर्न खोज्नु कम्युनिष्ट अधिनायकवादतर्फ जान खोजेको संकेत भएको भन्दै उनले अब त्यसविरुद्ध सशक्त रुपमा कांग्रेस बोल्नुपर्ने धारणा राखे । 

त्यस्तै, उनले सभापति देउवा र वरिष्ठ नेताबीचको एकताले मात्र पार्टी एकता नहुने भन्दै नेताहरुलाई लेनदेनका आधारमा होइन पार्टी विधानका आधारमा मिल्न पनि सुझाए ।  “स्थानीय तह, प्रदेश र केन्द्रको टिकट बाँड्दा तपाईंहरु मिल्नुभएकै हो,” उनले भने, “तर, तपाईंहरु मात्र मिलेर पार्टी एकता हुँदो रहेनछ भन्ने कुरा महसुस गर्नुस् ।” 

आफ्नै बैठकसम्म राख्न नसक्ने, सदस्यतै बाँड्न नसक्ने भातृ संस्थाहरु राख्नुभन्दा विघटन गरिदिन सुझाव दिँदै उनले भ्रातृ संस्था राख्ने हो व्यवस्थित गर्नुपर्ने बताए ।  बैठकमा बोल्ने अन्य केन्द्रीय सदस्यहरुले पनि पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 
यस्तो छ बैठकका निर्णय

१.    नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य पदमा उम्मेदवार भई निर्वा्चित हुनु भएका वडा सदस्य लक्ष्मी मेहताले नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी २०७६–०३–१७ गते राजीनामा दिएको र नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको २०७६–०५–०२ गतेको बैठकले उक्त राजीनामा स्वीकृत गरेको र निज लक्ष्मी मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम, निज लक्ष्मी मेहता निर्वा्चित भएको वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरिन्छ । 

प्रजातन्त्र सेनानी एवं निष्ठावान नेता चितवनका पूर्णकान्त पोखरेलको श्रावण ३१ गते, बाराका पूर्व सभापति स्व. नासिरुद्दिन मन्सुरको धर्मपत्नी एवं बारा क्षेत्र नं. ३ का महासमिति सदस्य ६३ वर्षीया आविदा वेगमको भाद्र १३ गते, पाल्पाका महाधिवेशन प्रतिनिधि देवराज ढकालको ८४ वर्षीया ममतामयी माता एवं क्रियाशील सदस्य भीमकुमारी ढकालको भाद्र ९ गते, प्रतिनिधिसभाका सदस्य कर्मा घलेको ८२ वर्षीया माता यान्खु घले, सुर्खेत वीरेन्द्रनगर न.पा. वडा नं. १ का क्षेत्रीय प्रतिनिधि ५६ वर्षीय  कृष्ण कोइरालाको भाद्र ६ गते र सुर्खेत बजेडीचौर पानीखोला निवासी पार्टीका क्रियाशील सदस्य एवं गाउँ कार्यसमितिका सल्लाहकार ७४ वर्षीय टोपबहादुर पौडेलको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro